१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

दाहाल प्रदेश प्रमुख भेटघाट

काठमाडौं – प्रदेश प्रमुखहरूले नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग सामूहिक भेटघाट गरेका छन्। आइतबार बिहान दाहालनिवास खुमलटारमा पुगेर उनीहरूले दाहालसँग प्रदेशमा भोग्नु परेको समस्याबारे जानकारी गराएका थिए।

प्रदेशका समस्या लिएर काठमाडौं आएका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्ने बताएका छन्। तर प्रधानमन्त्री ओलीलाई भेटघाट गर्ने कार्यक्रम तय भने भएको छैन। मिर्गौला प्रत्यारोपण गरेर आराम गरिरहेका प्रधानमन्त्रीसँग यसपटक भेटघाट हुन नसके पनि उनीहरूले राष्ट्रपति भण्डारीलाई भने भेटघाट गर्ने जनाएका छन्। दाहालसँगको भेटघाटमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशमा देखिएका व्यवस्थापकीय समस्याबारे जानकारी गराएका थिए।

प्रकाशित: ३ चैत्र २०७६ ०२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App