२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

क्वात्राद्धारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडाैं – नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। आइतबार नेपाल पुगेका राजदूत क्वात्राले बिहीबार राष्ट्रिपति भवन शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसमक्ष आफ्नो ओहादाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

फ्रान्सका लागि भारतीय राजदूत क्वात्रा त्यहाँबाट फर्किए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि राजदूत नियुक्त गरेका थिए। सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका उनले एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रूपमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा भारतको प्रतिनिधित्व गरेका थिए। यसैबीच भारतीय राजदूत क्वात्राले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि छुट्टै भेटघाट गरेका थिए।

प्रकाशित: २३ फाल्गुन २०७६ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App