२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

हामी सम्बन्धित छैनौं: स्विस दूतावास

काठमाडौं – नेपालस्थित स्विजरल्याड दूताबासले सेक्युरिटी प्रेस किन्ने विषयमा स्विस कम्पनीको स्थानीय एजेन्टमार्फत बार्गेनिङ गरिएको अडियोमा सम्बन्धित नरहेको स्पष्ट पारेको छ। स्विस दूतावासले बिहीबार विज्ञप्ति निकाल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँगको कुराकानीमा आफ्नो देशको कम्पनी सम्बद्ध नरहेको बताएको छ।

‘नेपालको सूचना तथा सञ्चार मन्त्रालयसँग स्विजरल्यान्ड दूतावासले प्रेस खरिदसम्बन्धी कुनै पनि बैठक नगरिएको स्पष्ट पार्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘न त निकट भविष्यमा मन्त्रालयसँग कुनै बैठक छलफल गर्ने तयारी नै छ।’

दूतावासले स्विसको कुनै पनि स्थानीय एजेन्टले बार्गेनिङ नगरेको स्पष्ट पारेको छ। दूतावासको विज्ञप्तिपछि स्विस कम्पनीका स्थानीय एजेन्ट भनिएका विजय मिश्र को हुन् भन्नेमा अन्योल बढेको छ।

प्रकाशित: ९ फाल्गुन २०७६ ०३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App