११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधामन्त्रीले भने : भ्रष्टाचार गर्ने छुट कसैलाई छैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन्। प्रधानमन्त्री ओलीले स्वच्छता र पारदर्शीताको सम्बन्धमा अलिकति मात्रै पनि प्रश्न उठेमा कसैको अनुहार पनि नहेर्ने बताएका हुन्।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लेखेको पुस्तक 'मुलुक आर्थिक समृद्धिको यात्रामा’ विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासनका लागि चाल्ने कदममा आफु नहिचकिचाउने बताए। जनप्रतिनिधिलाई रुलिङ पोजिसनमा पुर्‍याउनुको अर्थ लुटका लागि नभएको उल्लेख गर्दै ओलीले भने, 'हामी यस्तो प्रणालीभित्र छौँ की कहाँ कसरी शासक शासनमा गयो। जनप्रतिनिधिलाई पुर्‍यायो भने रुलिङ पोजिसनमा पुर्‍याउनुको अर्थ लुटिङ फ्यासलिटी लिएको होइन।’ ओलीले अहिले विकासका लागि उपयुक्त वातावरण भएकाले लुटको सुविधान नहुने बताए।

प्रधानमन्त्री ओलीले यहि चालले अघि बढ्यो भने प्रधानमन्त्री पद धरापमा पर्ला भनेर धेरैले भन्ने गरेको उल्लेख गर्दै भन्नुभयो, 'मलाई त्यसको चिन्ता छैन। प्रधानमन्त्री पद धरापमा पर्छ पर्दैन भन्ने होइन, एउटा सिस्टम बसाउने हो। हजार वर्ष कसैले पनि रुल गर्दैन। जतिसुकै सफल भएपनि प्रकृतिले धेरै लामो समय रुल गर्न दिँदैन, मान्दैन।’ प्रधानमन्त्री ओलीले लामो समय शासन गर्न खोज्दा परिणाम राम्रो नहुने बताए।

प्रकाशित: ८ फाल्गुन २०७६ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App