coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘विकास र संवृद्धि’ एक मात्र कार्यसूची : शेरधन राई

खोटाङमा दिक्तेल महोत्सव उद्घाटनकाक्रममा बोल्दै मुख्यमन्त्री शेरधन राई । तस्बिर : दमन/नागरिक

खोटाङ– प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले ‘विकास र संवृद्धि’ वर्तमान सरकारको मूल एजेण्डा भएको बताएका छन्। शुक्रबार दश दिने प्रथम दिक्तेल महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री राईले अब जनताको एकपछि अर्को आकांक्षा पूरा हुँदै जाने बताएका छन्।

‘हाम्रो अर्को उद्देश्य छैन।अर्को कार्यसूची छैन। अबको हाम्रो एक मात्र कार्यसूची भनेको विकास र संवृद्धिको प्रतिफल पस्किने हो,’ मुख्यमन्त्री राईले भने, ‘एक मात्र विकास र संवृद्धिको एजेण्डामा केन्द्रीत भएर देशलाई संवृद्ध देश बनाउनु छ। हामीले बलियो र सुन्दर देश बनाउनु छ।’

मुख्यमन्त्री राईले विकास र संवृद्धिको मूल एजेण्डाको केन्द्रबिन्दुमा उभिएर संवृद्धि र सुशासन पस्किने सरकारको लक्ष्य रहेको बताएका छन्। उनले प्रदेश सरकारले प्रदेशभित्रका हरेक पालिका–पालिका र पालिका–सदरमुकाम जोड्ने सडकलाई हिउँद वर्षा सञ्चालन गर्ने गरी स्तरोन्नतीको तयारी गरिरहेको जानकारी दिए।

‘अहिले वडा–वडामा सडक पुगेको छ। तर त्यी सडक हिउँदमा मात्र सञ्चालन हुन्छ। १ नम्बर प्रदेशमा एक पालिकाबाट अर्को पालिका, सदरमुकाम वा प्रमुख बजार जोड्ने सडकलाई बार्‍हैमास सञ्चालनमा ल्याउने गरी प्राथमिकतामा राखेका छौँ,’ मुख्यमन्त्री राईले भने, ‘प्रत्येक नेपालीको घरमा उज्यालो पुर्‍याउनु छ। स्वच्छ पिउने पानीको पहुँचले जोड्नु छ। सिँचाइको सुविधाले जोड्नु छ, गुणस्तरिय शिक्षा र स्वास्थ्यको पहुँचबाट जोडेर जनतालाई संवृद्धि पस्कनु छ, सुशासन पस्कनु छ।’

मुख्यमन्त्री राईले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट सञ्चालन भइरहेका बजेटको पारदर्शीताका विषयमा खबरदारी गर्न आग्रह गरे। उनले हिमालै हिमाल, जंगल नै जंगल, ताल तलैयाले भरिएको देश भएकाले नेपाललाई विश्वमै सुन्दरस्थलका रुपमा विकास गर्न सकिने सम्भावना रहेको औंल्याए।
 

प्रकाशित: २ फाल्गुन २०७६ १३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App