१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

मन्त्री बाँस्कोटाको प्रश्नः ‘जिस्काए बापत हुने सजायकाे कुरामा यत्रो हैरानी?'

फाइल तस्बिर/नागरिक

काठमाडौं — सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले डिजिटल क्षेत्रलाई बैधता दिन सूचना प्रविधि विधेयक ल्याइएको स्पष्ट पारेका छन्। क्यान इन्फोटक २०२०को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले डिजिटल क्षेत्रको पारदर्शीता, सुशासन र यसको बैधताका लागि विधेयक ल्याइएको बताए।

विधेक पारित नभए डिजिटल कारोबारले बैधता नपाउने समेत उनले बताए। विद्युतिय कारोबार ऐनभन्दा सूचना प्रविधि विधेयक धेरै लचक भएको भए पनि त्यस्तो कुराहरुले कसैले नहेर्ने गरेको आरोप लगाए। विधेयकमा दण्ड जरिवाना बढी भए पनि त्यसलाई अझै मिलाउन सकिने अवस्था भएको उल्लेख गर्दै बास्कोटाले भने, ‘एउटा स्याल चल्ला टिप्ने हुन्छ। उसले चिल आयो चिल आयो भनेर कराउँछ। त्यसपछि मान्छे आकाशतिर हेर्छ। स्यालले चल्ला टिप्छ। अभिव्यक्ति स्वतन्त्रता भनेर कराउने तर डिजिटल क्षेत्रमा पारदर्शीता र सुशासन आएको नहेर्ने ?’

बास्कोटाले सामाजिक सञ्जालमा कसैलाई निरन्तर गलत नियत राखेर जिस्क्याउनेलाई कारवाही हुने भन्ने शब्दको अन्य अर्थ लगाएर व्याख्या भइरहेको बताए। हल्ला गर्नेहरुले नीजी क्षेत्रको अराजकतावादलाई प्रोत्साहन गर्न खोजेको उल्लेख गर्दै बास्कोटाले भने, ‘जिस्काए बापत सजाय हुने भन्ने कुरामा यत्रो हैरानी ? हैरानी गर्न पाइन्छ ? कस्ता कल्चर हो यो? कसलाई हैरानी गर्ने? आफ्नालाई हैरानी गरे त ठिकै छ। अंगालो मारे पनि राम्रै हो। अर्कासित हैरानी गर्ने। राति सुतेको बेला पनि हैरानी गराउन थालियो भने दनक नखाए के खाने ?’

शुक्रबारबाट क्यान इन्फोटक मेला २०२० सुरु भएको छ। कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले आयोजना गर्ने सूचनाप्रविधिसम्बन्धि प्रदर्शनीमा १ सय ८५ भन्दा बढी स्टलहरु रहेका छन्। मेला ७ गतेसम्म सञ्चालन हुने छ।

प्रकाशित: २ फाल्गुन २०७६ १०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App