१६ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

आयोजना अब शून्यमा रहन सक्दैनन् : मन्त्री नेम्वाङ

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सार्वजनिक खरिद नियमावली नवौं संशोधन आइसकेपछि कुनै पनि आयोजना शूून्यमा रहन नसक्ने बताएका छन्। सोमबार सडक बोर्ड नेपालले आयोजना गरेको रणनीतिक सडक मर्मत सम्भारसम्बन्धी वार्षिक समीक्षा एवं प्रगति गोष्ठीमा बोल्दै मन्त्री नेम्वाङले ‘सार्वजनिक खरिद नियमावली नवौं संशोधन’ले निक्कै गम्भीर हुनुपर्ने बताए।

गोष्ठीमा सहभागी, सडक विभाग, सडक बोर्ड नेपाल, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय र विभिन्न डिभिजन प्रमुखलाई मन्त्री नेम्वाङले सार्वजनिक खरिद प्रक्रियालाई पछ्याउन निर्देशन दिए। राज्यले कानुन बनाएरै निर्माण व्यवसायीलाई मौका दिएकाले अब कुनै पनि ठेक्का म्याद थप नहुने उनले बताए। ‘रणनीतिक सडकहरूको मर्मतसम्भार गर्ने कार्य सानो भए पनि त्यसको असर र प्रभाव व्यापक रहेको उनले बताए। ‘सडक मर्मत र सडक सुरक्षा सडक दुर्घटनासँग जोडिएकाले काम सानो भए पनि महत्वपूर्ण काम हो, क्षेत्र हो। काम हेर्दा खेरी सानो देखिन्छ तर त्यसले पार्ने दुरगामी प्रभाव अत्यन्तै महत्वपूर्ण हुन्छ,’ मन्त्री नेम्वाङले भने। अहिलेसम्मको भौतिक प्रगति तथा पूँजीगत खर्च साह्रै न्यून र निराशाजनक रहेकाले गम्भीर हुन मन्त्री नेम्वाङले निर्देशन दिए।

प्रकाशित: २८ माघ २०७६ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App