१ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिपक्षी दलले विरोध जनाइरहँदा सत्तापक्षका सांसदले गरे निर्णयको बचाउ

काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा अख्तियारले गरेको निर्णय भेदभावपूर्ण रहेको भन्दै प्रतिपक्षी दलले विरोध जनाइरहँदा सत्तापक्षका सांसदले भने उक्त निर्णयको बचाउ गरेका छन्। राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद रामनारायण विडारीले देशको प्रगति रोक्ने हतियारका रुपमा रहेको भ्रष्टाचार तितरवितर गरेको सहन नसकेर प्रतिपक्षी दले विरोध गरेको बताए।

बिहीबारको बैठकमा उनले मुलुकमा भ्रष्टाचार व्याप्त हुँदा खुसी मनाउने तर ओली नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न आक्रामक अरुमा अघि बढेपछि विरोध गर्ने भन्दै अख्यितारको निर्णयको बचाउ गरे।

सत्तारुढ दलका वरिष्ठ माधव कुमार नेपाल महाचिव विष्णु पौडेल लगायतविरद्ध मुद्दा दायर नभएको र नेपाली कांग्रेस उपभापति विजयकुमार गच्छदारविरुद्ध मुद्दा दायर हुनु वदनियतपूर्ण भएको भन्दै कांग्रेसले विरोध जनाइरहेका बेला उनले यस्तो बताएका हुन्।

न्यायाधीहरुलाई कारबाही गर्न सुरु गर्दा सबैले राजीनामा दिएर भागेको उल्लेख गर्दै उनले अहिले अख्तियारका पूर्व प्रमुख आयुक्त र आयुक्तहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको र लामोसमय सत्ताको वरिपरि रहेका व्यक्तिहरुलाई समेत मुद्दा दायर भएको बताए।

उनले मनसायपूर्ण रुपमा गरिएको कामलाई अपराध मानिने तर अञ्जानमा गरिएको कामलाई अपराध मान्न नसकिने धारणा राखे।

प्रकाशित: २३ माघ २०७६ ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App