११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट छैन : सशस्त्र प्रहरी महानिरीक्षक खनाल

काठमाडौं- सशस्त्र प्रहरी बलका प्रमुख (आइजीपी) शैलेन्द्र खनालले संगठन नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताए।

१९ औं सशस्त्र प्रहरी बल स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा खनालले यस्तो बताएका हुन्। संगठनमा राम्रा काम गर्नेलाई उचित पुरस्कार दिने बताउँदै खनालले भ्रष्ट आचरणका कर्मचारीलाई कडा भन्दा कडा कारवाही गर्ने गरिने नीति अनुरुप सबैलाई जिम्मेवार र जवाफदेही बन्न निर्देशन समेत दिए। खनालले संगठनको मूल्य, मान्यता र आचरण विरुद्धको काम गर्ने १२ सय ९७ जना कर्मचारीलाई कारावही गरिएको समेत जानकारी दिए।

आफ्नो कार्यकालमा संगठनभित्र राम्रो काम गर्ने ५ सय २१ जना कर्मचारीहरुलाई पुरस्कृत पनि गरिएको उनले बताए। खनालले राम्रा कामहरु गर्दा आइपर्ने कठिनाईहरुको जवाफदेहिता लिन संगठन प्रमुखको हैसियतले आफु सधै तयार रहेको उनले बताए।

१९ औं सशस्त्र प्रहरी स्थापना दिवसका अवशरमा संगठनभित्र उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको थियो।

प्रकाशित: ९ माघ २०७६ ०८:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App