coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रियसभामा ४५ उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रियसभाको आगामी माघ ९ गते सम्पन्न हुने निर्वाचनमा विभिन्न ४५ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धामा भाग लिने भएका छन्। राष्ट्रियसभाको एकतिहाइ पदमा हुने चुनावमा मनोनयनपत्र दर्ता गराएका ४५ जनामध्ये कसैले पनि आफ्नो नाम फिर्ता नलिएपछि प्रतिस्पर्धामा सहभागी हुने उम्मेदवारको टुंगो लागेको हो।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बुधबार सातवटा प्रदेशमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका ४५ जना उम्मेदवारको नामावली प्रकाशन भएको थियो। प्रवक्ता श्रेष्ठले मनोनयनपत्र दर्ता गरेका कुनै पनि उम्मेदवारले आफ्नो नाम फिर्ता नलिएको बताए। आयोगले उम्मेदवारी दिएका ४५ जनाकै अन्तिम नामावली शुक्रबार प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ। आयोगबाट चुनाव चिह्न पाएसँगै उम्मेदवारहरू चुनावी प्रचारमा लाग्नेछन्। राष्ट्रियसभाको एकतिहाइ पदमा हुने निर्वाचनमा भाग लिन आयोगमा विभिन्न ११ वटा राजनीतिक दल आयोगमा दर्ता भएका थिए।

प्रत्येक दुई वर्षमा राष्ट्रियसभाको एकतिहाइ पद रिक्त हुने व्यवस्थाबमोजिम आगामी माघ २० गतेदेखि १८ निर्वाचित र एक मनोनित गरी १९ पद रिक्त हुँदैछ। उक्त पदका लागि आगामी माघ ९ गते निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार रिक्त हुने १९ पदमध्ये एकना मनोनित पद हो भने १८ पदमा सवै क्लस्टर र खुला गरि एक एकजना छन्। जसअनुसार प्रदेश १ मा महिला क्लस्टरबाट १ जना, खुलाबाट १ जना, दलित क्लस्टरबाट १ जना गरि तीनजनाको निर्वाचन हुनेछ। त्यसैगरि प्रदेश २ बाट महिला क्लस्टरबाट १ जना, अपांग अल्पसंख्यक क्लस्टरबाट १ जना, दलित क्लस्टरबाट १ जना र खुलातर्फ १ जना गरी चारजनाको निर्वाचन हुनेछ। प्रदेश ३ मा खुलातर्फ १ जना, महिला क्लस्टरबाट १ जना गरी दुईजनाको निर्वाचन हुनेछ। गण्डकी प्रदेशबाट महिला क्लस्टरबाट १ जना र खुलातर्फ १ गरी दुईजनाको निर्वाचन हुनेछ। प्रदेश ५ बाट महिला क्लस्टरबाट १ जना, अपांग अल्पसंख्यक क्लस्टरबाट १ जना र खुला एकजना गरि तीन जनाको निर्वाचन हुनेछ। सुदुरपश्चिम प्रदेशबाट महिला क्लस्टरबाट १ जना र खुलातर्फ १ जना गरि २ जनाको निर्वाचित हुनेछ। कर्णाली प्रदेशमा महिला १, अपांग १ गरी दुई रिक्त पदमा निर्वाचन हुँदैछ भने मनोनिततर्फ रिक्त हुने एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछिन्।

प्रकाशित: २५ पुस २०७६ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App