२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

हेटौंडा राजधानी तोक्ने तयारीविरुद्ध दोलखामा प्रदर्शन

दोलखा - प्रदेश ३ को राजधानी हेटौंडा तोक्ने तयारी विरुद्ध दोलखावासी आन्दोलित भएका छन्। सत्तारुढ नेकपा सचिवालयको निर्देशन लगत्तै राजधानी हेटौंडा तोक्ने तयारी भएपछि आक्रोसित स्थानीयले मंगलबार सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका हुन्।

अपायक स्थानमा राजधानी तोक्न लागिएको भन्दै नागरिक दबाव अभियानले प्रदर्शन गरेको हो। सातदोबाटो चोकबाट शुरु भएको जुलुसले बजारका विभिन्न भागको परिक्रमा गरेको थियो। जुलुसका सहभागीले पायक पर्ने स्थानमा राजधानी तोक्न र हालको अस्थायी राजधानी हेटौंडा खारेज गर्न माग गर्दै नारा लगाएका थिए।

जुलुसपछि सातदोबाटो चोकमा आयोजित कोण सभामा नागरिक अभियन्ता चिरञ्जीवी मास्केले दोलखासहित १० जिल्लाका निम्ति हेटौंडा पायक नपर्ने बताउदै पायक पर्ने स्थानमा राजधानी तोक्न माग गरे।

सभामा दोलखा उद्योग बाणिज्य संघका महासचिव हेमराज रिमालले दलीय स्वार्थमा लागेर जनविरोधी निर्णय नगर्न चेतावनी दिए। कार्यक्रममा अभियान्ता दीपशंकर चौलागाई, श्याम खतिवडा लगायतले बोलेका थिए।

प्रकाशित: २२ पुस २०७६ ०४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App