२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

अष्ट्रेलियन समकक्षीलाई परराष्ट्रमन्त्रीको समवेदना सन्देश

काठमाडाैं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अष्ट्रेलियन समकक्षी मारिस पाइनेलाई समवेदना सन्देश पठाएका छन्। उनले अष्ट्रेलियाका विभिन्न भू–भागमा हाल भइरहेको आगलागीका कारण कैयौँ नागरिक तथा करोडौं जनावर तथा पशुपंछीले ज्यान गुमाएको र ठूलो परिमाणमा राज्यको सम्पत्ति नोक्सान भएकोप्रति दुःख व्यक्त गर्दै समकक्षीलाई उक्त सन्देश पठाएका हुन्।

सन्देशमा मन्त्री ज्ञवालीले अष्ट्रेलियन सरकार र जनताको अथक प्रयासले समस्यासँग जुध्न सक्षम हुने र दुःखद् घटनाबाट नोक्सानी पुगेका क्षेत्र छिट्टै सामान्य अवस्थामा फर्किने विश्वाससमेत व्यक्त गरेका छन्।

प्रकाशित: २२ पुस २०७६ ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App