५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

जलवायु परिवर्तनको मारमा नेपालः मन्त्री बस्नेत

फाइल फोटो

सिन्धुपाल्चोक– बन तथा बातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल लगायत तेस्रो मुलुक जलवायु परिवर्तनको मारमा परिरहेका बताएका छन्।

सिन्धुपाल्चोकको गुफाडाँडामा जलवायु परिवर्तन सम्बन्धी एक कार्यक्रममा हरितग्याँस उत्सर्जन जलवायु परिवर्तनको मुख्य कारण रहेको औँल्याए। उनले यसबारे नेपालले विश्वमञ्चमा सशक्त आवाज उठाइ रहने बताए। 

‘हरितग्याँस उत्सर्जनमा नेपाल संलग्न छैन। तर सबैभन्दा ठूलो मार खेपिरहेको छ,’ हरितग्याँस उत्सर्जनले नेपाल विश्वमा चौथो जोखिमयूक्त मुलुक रहेको जानकारी दिँदै मन्त्री बस्नेतले भने। इसिमोडको अध्ययनअनुसार अब १.५ डिग्री मात्रै तापक्रम बढेर आगामी सन् २०२१ मा दुई तिहाइ हिउँ पग्लेर नेपाली हिमाल कालापथ्थर बन्ने खतरा रहेको उनले जानकारी दिए।

जलवायु परिवर्तनले सामुन्द्रिक किनारका साना जीवहरुको अस्तित्व संकटमा परेको उल्लेख गर्दै उनले दक्षिण एशियाली क्षेत्रमा हिमताल बिस्फोट हुने र अधिक हिउँ पग्लने सम्भावना रहेको औँल्याए।

जलवायु परिवर्तन न्यूनिकरण गर्न समग्र जलवायु कोषको ८० प्रतिशत रकम स्थानीय तहमा जाने व्यवस्था सरकारले गरेको उनले जानकारी दिए। ‘यो रकम स्थानीय तहले जलवायु न्यूनीकरणका कार्यक्रममा खर्चने छन्,’ मन्त्री बस्नेतले भने। 

प्रकाशित: १९ पुस २०७६ १२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App