२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमसीसीबारे सदनलाई जानकारी गराउन माग

काठमाडौं– मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना र सीमा विवादका विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन माग गरिएको छ।

राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य प्रकाश पन्थले एमसीसी परियोजनाका विषयमा सरकारले सदनमा आएर जवाफ दिनुपर्ने माग गरे।

‘यसको विषयाय चर्चा र विवादहरु भइरहेका छन्। सरकारले आफ्नो धारणा स्पष्ट गरेको छैन्। सरकरको स्पष्ट धारणा के हो? सरकारले सदनमा आएर जवाफ दिनुपर्छ’ उनले भने। उनले लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा पनि सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरे।

राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले स्थिर सरकारले अगाडी बढाएका कामहरुको भन्दा अन्य विषयले चर्चा पाइरहेको उल्लेख गर्दै कम्युनिष्ट पार्टी चौतर्फी घेराबन्दीमा परेको बताए।

प्रकाशित: १६ पुस २०७६ १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App