१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

विप्लवको मेची-कोसी ब्यूरो इन्चार्ज उमा भूजेलसहित चार जना पक्राउ

बिराटनगर - विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाकी मेची-कोसी इन्चार्ज उमा भूजेल र मोरङ इन्चार्ज नरेश चौलागाइँसहितका चार जना पक्राउ परेको छन्। पक्राउ पर्नेमा मेची-कोसी ब्यूराे कार्यालय सचिव सुमन सिंह लगायत छन्।उनीहरुमध्ये दुई जनालाई सुनसरीको चकरघट्टीबाट शनिबार बिहान र २ जनालाई मोरङको सोमबारेबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै विप्लव समूहकै पाँच जनाले आत्मसमर्पण गरेका छन्। आत्मसमर्पण गर्नेमा क्षितिज पौडेल,नवराज नेपाल बिराटनगर, दिपक आचार्य पथरी २, जगत बहादुर पुलामी मिथिलाङजुग ५ र गोविन्द कार्की मिथिलाङजुङ ५ कै रहेको प्रहरीले जनाएको छ। उनीहरु सबैलाई जिला प्रहरी कार्यालय मोरण्को हिरासतमा राखिएको प्रहरीको भनाई छ।

प्रकाशित: १२ पुस २०७६ ०४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App