५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सबै मत परिणाम सार्वजनिकः ५२ मध्ये ३० पदमा नेकपा विजयी

काठमाडौं– मंसिर १४ गते भएको उपनिर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ। ३७ जिल्लाको ५२ स्थानमा भएको उपनिर्वाचन सबैभन्दा बढी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएको छ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचन नेकपाले ३० स्थानमा विजयी भएको छ। प्रतिनिधिसभा (कास्की–२ मा विद्या भट्टराई), एक प्रदेशसभा (दाङ–३ ‘ख’ विमलाकुमारी खत्री), तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र २५ वडाध्यक्ष पदमा नेकपा विजयी भएको हो।

त्यस्तै नेपाली कांग्रेसले एक प्रदेशसभा (भक्तपुर–१ ‘क’मा कृष्णलाल भडेल), एक उपमहानगर (धरान उपमहानगरको मेयर) र ११ वडाध्यक्षमा विजयी भएको छ।

त्यस्तै राष्ट्रिय जनमोर्चाले एक प्रदेशसभा (बागलुङ–२ ‘ख’मा खिमविक्रम शाही)मा विजयी भएको छ। समाजवादी पार्टीले चार वडाध्यक्ष पदमा विजयी भएको छ। त्यस्तै राष्ट्रिय जनता पार्टी (राजपा)ले तीन वडाध्यक्ष पदमा विजयी भएको छ भने एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

प्रकाशित: १६ मंसिर २०७६ ११:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App