काठमाडौं । बागलुङ २ ‘ख’ मा भएको उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाले अग्रता कायम राखेको छ। प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा जनमोर्चाका खिम विक्रम शाहीले ५ हजार ५६ मत ल्याए ल्याएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीतबहादुर शेरचनले ३ हजार ७ सय ५६ मत ल्याएका छन् भने समाजवादी पार्टीका अशोक कुमार विकले १ सय ५४ मत ल्याएका छन्।
त्यस्तै राप्रप्रा संयुक्तका निमबहादुर भण्डारी १८ मत ल्याएका छन्।
प्रकाशित: १५ मंसिर २०७६ १५:३२ आइतबार