१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री ज्ञवाली र रुसी समकक्षीबीच भेट

काठमाडौ – रुस भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रसी समकक्षी सर्र्गेई लाभ्रोभसँग दुई पक्षिय भेट गरेका छन्। शनिबार रुस प्रस्थान गरेका मन्त्री ज्ञवालीले सोमबार मस्कोमा समकक्षी लाभ्रोभसँग भेट गरेका हुन्। भेटमा दुई मुलुकबीचको सम्बन्ध विस्तार, परस्पर हितका क्षेत्रमा सहकार्य गर्नेलगायतका विषयमा छलफल भएको मन्त्री ज्ञवालीले जनाएका छन्। भेटका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पठाएको निमन्त्रणापत्र तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट रुसी समकक्षी दिमित्री मेदभेदेवलाई पठाएको निमन्त्रणापत्र हस्तान्त्रण गरेका थिए।

भेटमा रुसी विदेशमन्त्री लाभ्रोभले १४ वर्षपछि नेपालका तर्फबाट भएको परराष्ट्रमन्त्रीस्तरीय भ्रमण महत्वपूर्ण रहेको बताएका थिए। भेटमा लगानी, व्यापार, पर्यटन, शिक्षा, ऊर्जा, पूर्वाधार विकास र संस्कृति एवं नागरिकबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

रुस भ्रमणका क्रममा मन्त्री ज्ञवालीले मस्कोमा इन्सिच्युट अफ इन्टरनेसनल रिलेसनमा नेपाल भारत सहकार्यका विषयमा सम्बोधन गर्ने कार्यक्रम छ।

भ्रमणको दोस्रो कार्यक्रमअन्तर्गत मन्त्री ज्ञवाली बुधबार नेपाल र सर्बियाबीचको कूटनीतिक सम्बन्धको ६० औ वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सर्वियाको बेल्ग्रेड पुगेर उनले त्याहाँका उपप्रधान तथा परराष्ट्रमन्त्री लिभिकाडासिससँग दुईपक्षीय भेट गर्नेछन्। उनले त्यहाँको उच्चस्तरीय नेतृत्वसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

नेपाली प्रतिनिधिमण्डलमा मन्त्री ज्ञवालीसहित परराष्ट्रसचिव शंकरदास बैरागी, रुसका लागि नेपाली राजदूत ऋषिराम घिमिरेलगायत अन्य सरकारी अधिकारी रहने जनाइएको छ। साताव्यापि भ्रमण सकेर मन्त्री मन्त्री ज्ञवालीसहितको प्रतिनिधिमण्डल १४ मंसिरमा स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित: १० मंसिर २०७६ ०१:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App