२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml
राजनीति

महराको थुनछेक बहस सोमबार पनि जारी

काठमाडौं- जबरजस्ती करणीको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सोमबार पनि सुरु भएको छ। जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा आईताबार सुरु भएको बहस नसकिएपछि सोमबार बिहान ११ बजेर १५ मिनेटमा फेरी सुरु भएको हो।

बन्द ईजलासमा भएको थुनछेक बहसमा महराका वकीलहरुले बहस सुरु गरेका छन्। संसद सचिवालयकी एक महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका महराको बयान गत शुक्रबार सकिएको थियो। शुक्रबार समय अभावका कारण महराको थुनछेक बहस आईतबारबाट सुरु गरिएको थियो।

थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाड्ने वा तारेकमा रिहा गर्ने आदेश अदालतले दिनेछ।

प्रकाशित: १८ कार्तिक २०७६ ०५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App