५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

‘एसिड अक्रमणको दोषी जोगाउन चलखेल नहोस’

वीरगन्ज– वीरगन्ज छपकैया–२ कि १५ वर्षीय मुस्कानमाथि भदौ २० गते विद्यालय जाने क्रममा दुई युवाले बाटो छेकेर एसिड प्रहार गरेको घट्नाको ३७ दिन बितेको छ। मुस्कानलाई एसिड आक्रमण गरेका दोषिमाथि भइरहेको अनुसन्धान र मुद्दाको प्रकृयाबारे बुझ्न पर्सा क्षेत्र नम्बर–१ का सांसद प्रदिप यादव नेतृत्वका एउटा टोली सोमबार जिल्ला प्रहरीमा कार्यालय पुगेको छ। घटनाका आरोपी मुख्य दोषि सांसद मिया र माजिद आलम पर्सा प्रहरीको हिरासतमा छन्। हाल मुस्कानको किर्तिपुरस्थित वर्न हस्पिटलमा उपचार भइरहेको छ।

उनलाई भेट्ने र शुभेच्छा व्यक्त गर्नेमा विभिन्न नेतादेखि बलिउडसम्मका अभिनेतासम्म छन्। यता घटनाका दोषीहरु उपर भइरहेको कारवाहीको बारेमा र समग्रमा पर्सा जिल्लामा छोरी चेलीहरुको सुरक्षाका बारेमा बुझ्न आफुहरु जिल्ला प्रहरी कार्यालय आइपुगेको सांसद यादवले बताए।

सांसद यादवले पर्सा प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरसँग घटनाको अनुसन्धान जानकारी मागेका हुन्। उनले दोषिमाथि कानुन बमोजिम कारवाही गर्न अनुसन्धान पोख्त गर्न प्रहरीलाई सुझाव दिए। पछिल्लो समय मुस्कान उपर एसिड आक्रमण घटनाका दोषीलाई बचाउन चलखेल शुरू भएको सुचना पाएपछि सांसदले प्रहरीसँग मुद्दाको विषयमा जानकारी लिएका हुन्। दोषी जोगाउन चलखेल नहोस भनी आफुले चाँसो राखेको बताए  । 

आरोपीको उमेर परिक्षण 
यसैबीच आरोपीहरु नाबालक भएको भन्दै कानुनी रुपमा सहुलियतका लागि उनीहका परिवारजनले पहल गरिरहेका थिए। चौतर्फी चासोमा रहेको चर्चित घटना एकातिर अर्कोतिर आरोपीका परिवारको दावी रहेको अवस्थामा प्रहरीले मुद्दालाई अगाडी बढाउन उमेर जाँच गराएको छ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्याय, दन्त विशेषज्ञ सोनी झा, हाडजोर्नी विशेषज्ञ डा. राजदेव कुशवाहा, रेडियोलोजिस्ट डा. विजयराज खनालले आरोपीको उमेर क्रमश १९वर्ष र १७ वर्ष मेडिकल रिपोर्ट दिएपछि मुद्दा बढेको छ। परिवारजनले आरोपी दुबैको उमेर १४ र १५ वर्ष भनेर प्रहरीमा दाबी गर्दै नाबालिक भएकोले सोही अनुसारको मुद्दा चलाउन दावी गरेका थिए।

‘मुस्कानको अवस्थामा केही सुधार भएको डाक्टरले बताएका छन्, अहिले बोल्न सक्ने अवस्थामा पुगेकी छिन्। तर, एसिडको मात्रा बढी परेको भाग दायाँ कान उनले गुमाउनु परेको छ,’ घटना भएदेखि नै निरन्तर पीडित मुस्कानको सहयोगका लागि जुटेका सांसद यादवले भने, ‘यि कुराहरु प्रहरीको अनुसन्धानको कागजातमा छुट्नु भएन। यस्ता घट्ना दोहरिन नदिन उचित सजाय पीडकले पाउनुपर्छ, एसिड बिक्री गर्ने व्यक्ति पनि कारवाहीको दायरामा आउनुपर्छ।’ प्रहरीले एसिड बिक्री गर्ने व्यक्ति परिचान भइसकेको र पक्राउ पर्न बाकी रहेको पर्साका प्रही उपरीक्षक राठौरले बताए।

प्रहरीले यस घटनामा ज्यान मार्ने उद्योग अन्तरगत १० वर्ष कैद र अर्को एसिड तथा रसायनिक पदार्थ आक्रमण गरेको मुद्दामा अर्को १० वर्ष कैद माग गर्दै सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत पर्सामा मंगलवार दर्ता हुने प्रहरी उपरीक्षक राठौरले जानकारी गराए। उनले घटनाको अनुसन्धानमाप्रहरीले कुनै कसर बाँकी नराखेको दावी गरे। सांसद यादवले बालिका तथा युवतीहरु विद्यालय र क्याम्पस जाने आउने समयमा निगरानी बढाउन र छोरी चेलीलाई जिस्काउने र दुःख दिनेलाई समातेर गम्भीरतापुर्वक कारवाही गर्नसमेत सुझाव दिए।

प्रकाशित: २७ आश्विन २०७६ १३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App