काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले समसामयीक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसद अनिता देवकोटाले मुलुकका विभिन्न स्थानमा हत्या हिंसाका घटना भईरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन।
सांसद कविता बोगटीले हुम्ला जिल्लाको वैकल्पिक यातायातको माध्ययम भनेको हवाईसेवा मात्रै भएको भन्दै विगतमा वायु सेवा निगमसँग भएको सम्झौता लागु गर्न सरकारको ध्यानाकर्षण गराइन।
सांसद खिमकुमार विश्वकर्माले एनसेलको लाभ कर सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले राज्यलाई अर्बौ रुपैयाँ घोटला भएको भन्दै सो आदेशबारे चासो देखाउँदै सो सम्बन्धमा सरकारको धारणा माग गरे।
सांसद चक्रप्रसाद स्नेहीले राष्ट्रप्रमुखलगायत राजनीतिक दलका नेताहरुलाई सार्वजनिक रुपमा गालीगलौग गर्दै हिड्ने छाडा प्रवृत्तिका व्यक्तिलाई नियन्त्रणमा लिई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए।
प्रकाशित: ३१ भाद्र २०७६ ०९:५५ मंगलबार