७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सांसदको प्रश्न: डेंगी नियन्त्रणका लागि योजना खोई ?

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले डेंगी रोग नियन्त्रणका लागि तत्काल ठोस कार्ययोजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गरेको छ।

नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले डेंगी रोग नियन्त्रणका लागि तत्काल ठोस योजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गरिन्। आईतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले ७० हजार भन्दा बढि नागरिकलाई सो रोगको संक्रमण हुँदा पनि सरकारले त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसकेको उल्लेख गर्दै त्यसबारे ठोस योजना बनाएर संसदमा पेश गर्न सरकारलाई रुलिङ गर्न सभामुख कृष्णबहादुर महराको पनि गम्भिर ध्यानाकर्षण गराए। काँग्रेस सचेत भुसालले जनस्वास्थ्यसँग जोडिएको यस्ता विषयमा सरकार किन गम्भिर नभएको? भनि प्रश्न पनि गरे। उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेक्टर कन्ट्रोल नियन्त्रकहरुको पद खारेज गरेर हालसम्म पनि डेंगी नियन्त्रणका लागि गाउँगाउँ चिकित्सकहरुको टोली परिचालन हुन नसकेको भन्दै आपत्ति पनि जनाए।

त्यसैगरी काँग्रेसका अर्का सांसद डिला संर्गौलाले पनि डेंगी रोगको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरिन्। चिकित्सकहरुका अनुसार हाल सो रोगको संक्रमणमा परी ३,५८० जना विरामीहरु अस्पतालमा भर्ना भएका छन्। त्यसै गरी सो रोगको संक्रमणबाट ४ जनाको ज्यान गईसकेको छ। सांसद संग्रौलाले महामारीको रुपमा फैलिन लागेको सो रोगको नियन्त्रणका सरकार गम्भिर नभएको आरोप पनि लगाइन्।

बैठकमा सत्तारुढ दल नेकपाका सांसद दामोदर भण्डारीले बैतडी जिल्लाको शिवनाथ गाउँपालिकामा चितुवाको आतंकबाट हालसम्म २४ जनाको ज्यान गएपनि सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको भन्दै आपत्ति जनाए।उनले सो गाउँपालिकामा चितुवाको आतंक कम गरेर जनताको जीवन रक्षाका लागि पहल गर्न सरकारको गम्भिर ध्यानाकर्षण पनि गराए।

 

 

प्रकाशित: २२ भाद्र २०७६ ०८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App