१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा सांसद भन्छन्ः एनसेल प्रकरणमा सर्वाेच्चको आदेश बेठिक, अर्बाैको घोटाला भयो

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले एनसेलको पुँजीगत लाभकर प्रकरणमा सर्वाेच्च अदालतको आदेश सही नभएको बताएका छन्। 

नेकपाका प्रमुख सचेतकसमेत रहेका देव गुरुङले आइतबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै भदौ ९ को सर्वाेच्चको आदेशले राज्यको अर्बाैको कोषको घोटाला गराएको टिप्पणी गरेका छन्। 

यो आदेशले २०७५ माघ २३ गते गरेको सर्वाेच्च अदालतको पूर्णं इजलासले गरेको आदेशको पनि उल्लंघन गरेको उनको भनाई छ। 
यो आदेशविरुद्ध तुरुन्तै सरकारका तर्फबाट पुनर्अपिल गर्न पनि उनले माग गरे। पूर्ण बृहत इजलासमा पुनरावलोकन गर्न उनले सरकारको ध्यानाकर्षण गराए। 

प्रकाशित: २२ भाद्र २०७६ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App