५ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपाको अन्तरपार्टी निर्देशन– २ मा के छ? (निर्देशनसहित)

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन–२ जारी गरेको छ। शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन जारी गरेका हुन्।

पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्था बमोजिम प्रस्तुत हुन निर्देशन दिइएको छ। अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न र पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्देशित गरेको छ। नेकपाको नीति एवं नेतृत्वकाविरुद्धमा लेख्ने, बोल्न वा गतिविधि गर्नेहरूप्रति पार्टी विधान बमोजिम स्पष्टीकरण सोध्ने र कारवाहीको प्रक्रिया अघि बढाउने पनि निर्णय गरेको उल्लेख गरिएको छ।

त्यस्तै साउन ३१ गते केन्द्रीय सचिवालयको बैठकले झलनाथ खनाललाई चौथोबाट तेस्रो बरियतामा ल्याइएको उल्लेख छ। त्यसैगरी केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी केन्द्रीय कमिटी उपाध्यक्षको जिम्मेवारी प्रदान गर्न स्थायी कमिटी समक्ष प्रस्ताव लैजाने निर्णय गरेको उल्लेख छ।

 

प्रकाशित: १३ भाद्र २०७६ १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App