काठमाडौं । भदाै मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने तयारीमा रहेको सत्तारूढ दल नेकपा निकट अनेरास्ववियूले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ। एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १ सय ८० जना र साविक माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी ) बाट १ सय ५५ जना रहनेछन्।
यसैगरी एकीकृत संगठनको नेपाली नाम अनेरास्ववियू रहने र अंग्रेजी नाम All Nepal National lndependent Students' Union रहने पनि निर्णय भएको छ। अंग्रेजी नामका विषयमा पछि महाधिवेशनमा पनि छलफल गर्न सकिने जनाइएको छ।
राजनीतिक/ सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति
संयोजक - ऐन महर
सदस्य - सुरेन्द्र बस्नेत
तिलकराज भण्डारी
सदस्य - पञ्चा सिंह
विधान मस्यौदा उपसमिति
संयोजक - रञ्जित तामाङ
सदस्य -सुनिता वराल
सुदेश पराजुली
सदस्य - समिक वडाल
आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमिति
संयोजक - उत्तम अधिकारी
सदस्य -आरसि लामिछाने
सदस्य -झपिन्द्र खत्री
सदस्य - केशव रावल
आज विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज विनोद ढकाल, संयोजक ऐन महर , सहसंयोजक रञ्जित तामाङ सहितको औपचारिक वैठकले विभिन्न तीन उपसमिति समेत बनाएको छ। आजको वैठकले एकताको केन्द्रीय समितिको पहिलो बैठक भाद्र ३१ र १ गते बस्ने निर्णय समेत गरेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए।
प्रकाशित: १३ भाद्र २०७६ ०९:४७ शुक्रबार