१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सत्तारुढ सांसद नै भन्छन्ः सरकारभन्दा भ्रष्टाचारी बलिया

खोटाङ– खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा सरकार भन्दा बलियो भ्रष्टाचार र भ्रष्टाचारी भएको टिप्पणी गरेकी छन्। 

आइतबार प्रदेशसभाको बैठकमा विशेष समय लिएर प्रदेशसभा सदस्य राईले भ्रष्टाचारको अन्त्य गर्ने सरकारको प्रयत्नका बाबजुद पनि सरकारभन्दा भ्रष्टाचारी बलियो बनेको भन्दै प्रश्न उठाएकी हुन्। ‘सरकारले भ्रष्टाचार अन्त्य गर्ने प्रयत्न गरिरहेको छ, सरकारले विभेद अन्त्य गर्ने प्रयत्न गरिरहेको छ’, सत्तारुढ दलकी सांसद राईले प्रश्न गरिन, ‘तर पनि यहाँ किन सरकारभन्दा बलियो भ्रष्टाचार र भ्रष्टाचारीहरु बनिरहेका छन्? किन बारम्बार विभेद बल्झिने गर्छ, बारम्बार किन हिंसाले मान्छेलाई डसेर सिध्याउने गर्छ?’ 

प्रदेशसभा सदस्य राईले नेपाली जनता र शहीदको रगतले लेखिएको नेपालको संविधान २०७२ को अक्षरस पालना नहुँदा भ्रष्टाचार, विभेद र हिंसाले प्रश्रय पाएको बताएकी छन्। उनले संविधानमा स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रि«य एकता, स्वाधिनता, स्वाभिमानलाई अक्षुण्ण राख्ने, विभेदको अन्त्य गर्ने कुरा उल्लेख गरिए पनि सरकार तथा प्रतिपक्षी दलले संविधानको कार्यान्वयनमा उदासिनता देखाएको उल्लेख गरिन्। ‘संविधानमा लेखिएको अक्षर कालो मसीको थोपा मात्र होइन। शहीद, नेपाली जनताको त्याग, तपस्या र रगतले लेखिएको अक्षर हुन्। तर यी विषयबाट हामी कतातिर जाँदैछाँै भन्ने प्रश्न उठिरहेको छ। यो सरकारप्रतिको मात्र प्रश्न होइन। प्रतिपक्षी पनि जिम्मेवार हुनु पर्छ।’ 

प्रदेशसभा सांसद राईले वर्तमान सरकारले सामाजिक विभेद अन्त्य गर्ने कुरा गरिरहे पनि महिलामाथिको हिंसा, बलात्कार तथा दलितमाथिको छुवाछुत दोहोरिरहेको बताइन्। ‘हामी बोल्छौँ, प्रतिवद्धता गर्छौँ। तर कार्यान्वयनमा कहाँ चुकिरहेका छौँ,’ राईले भनिन्, ‘आमुल परिवर्तनका लागि यत्रो संघर्ष र क्रान्ती भएको हो, तर त्यी क्रान्तीका विषयहरु, दुःख र कष्टका आवाजलाई विर्सिदै गएकोमा ध्यानाकर्षण गराउन चाहन्छु।’ 

प्रकाशित: १ भाद्र २०७६ १५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App