२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

‘ओलीले सत्ता सञ्चालन गर्न दिने सर्तमा भारतसँग बैठक हुँदा मै थिएँ’ (भिडियाेसहित)

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको छद्यभेषी राष्ट्रवादी भएको आरोप लगाएका छन्। नागरिक नेटवर्कको फ्रन्टलाइन कार्यक्रममा श्रीराम पौडेलसँग कुरा गर्दै नेता सिंहले यस्तो आरोप लगाएका हुन्। नेपाली नेताहरु भारतीय पक्षसँग बैठकमा एउटा सहमति गर्ने र बाहिर आएर अर्कै बोल्ने गरेको आरोप लगाएका छन्।

‘ओली जी पहिलो पटक प्रधानमन्त्री बनेर हटेपछि आफु भारतकै पक्षमा छु भनेका थिए’ सिंहले भने ‘ओली त्यो भन्दा म पनि सँगै थिए काठमाडौंमा भारतीय सरकारका प्रतिनिधि र म पनि थिएँ। ओलीले सत्ता सञ्चालन गर्न दिनुपर्ने बताएका थिए। भारतीय सरकारको प्रतिनिधिसँग ओलीले त्यसो भन्दा मै थिएँ।’ नेता सिंहले कांग्रेसभित्र पनि विपि कोइराला र गिरिजाप्रसाद कोइरालाबाहेक सबै नेता भारत भक्त रहेको आरोप लगाएका छन्।

उनले भने ‘हामी भारतलाई गाली गर्यौं भने राष्ट्रवादी भइन्छ भन्ने छ। विषयबस्तुमा कोहि बोल्दैनन्। ओलीले थरी थरीका कुरा गर्छन्। जस्तै प्रचण्ड पनि त्यस्तै बोल्छन्। आफ्नै निजी स्वार्थको लागि बोल्छन्।’

‘भदौमा हुन लागेको भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमण हुँदैछ। त्यसमा जम्मु कश्मीरको विषय उठ्न सक्छ। तर नेपालले बोल्नु हुँदैन्।’ नेपालले किन बोल्न हुँदैन भन्ने प्रश्नमा सिंहले जवाफ दिए ‘त्यो उसको आन्तरिक मामला हो, त्यसैले नेपाल बोल्न मिल्दैन्।’

‘जयशंकरको नेपाल भ्रमणमा नेपालमा सञ्चालन भइरहेको आयोजनाको विषय उठन सक्छ । जस्तो कि हुलाकी मार्ग, बाँधलगायत बिषय उठाउनुपर्छ।’

भारतबाट मात्रै आउने विषादी परिक्षण गर्ने?
नेता सिंहले भारतबाट आउने तरकारीमा मात्रै परिक्षण गरेको आरोप लगाएका छन्। ‘नेपालमा दक्षिणबाट मात्रै तरकारी र फलफुल आउँछ र? उत्तरतिरबाट तरकारी र फलफुल आउदैन्? बिषयमा किन कुरा उठेन? नेपालमा पनि उत्पादन त हुन्छ नि।’

इपिजी रिपोर्ट स्वीर्कादैनौं
इपिजीको रिपोर्ट मैले पाएको छु। त्यो रिपोर्ट बाइपास भएर आएको छ। काठमाडौंका चार जना बाहुनले बनाएका हुन्। बोर्डरको मान्छेलाई सोधेका छैनन्। भारतले पनि युपिका जनतलाई सोध्नुपर्छ, नेपालले पनि बोर्डरका जनतालाई सल्लाह गरेर बनाउनुपर्छ। नत्र त्यो रिपोर्ट हामी मान्दैनौं, हामीलाई स्वीकार्य हुँदैन्। 

अहिले नेपालको संविधान धरापमा छ। नेपालको संविधानको सुन्दर भविस्य मैले देखेको छैन्। नेताहरुको कारण, आर्थिक कारण र भ्रष्टाचारको कारणले नेपालको भविष्य छैन्।

प्रकाशित: २९ श्रावण २०७६ १५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App