६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ठूला सञ्चार गृहबाट श्रमजिवी आन्दोलन शुरु हुन्छः अध्यक्ष आचार्य

दाङ– नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजिवी पत्रकारलाई हक अधिकार दिलाउनका लागि आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

रिपोर्टर्स क्लब दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष आचार्यले श्रमजिवी पत्रकारलाई न्युनतम पारिश्रमिक, नियुक्ति पत्र दिलाउनका लागि आन्दोलन शुरु गर्ने घोषणा गरेका हुन्। उनले श्रमजिवी पत्रकारलाई हक अधिकार दिलाउनका लागि ठूला मिडिया हाउसबाट आन्दोलन शुरु गर्ने बताए।

श्रमजिवी पत्रकारहरुलाई अधिकार दिलाउनका लागि मिडिया हाउस बन्द भएपनि आन्दोलन नरोकिने उनले स्पष्ट पारे। आचार्यले सरकारले ल्याउन लागेको प्रेस विरोधी विधेयक महासंघको आन्दोलनका कारण रोकिएको दावी गरे। उनले पत्रकार महासंघ आफैमा आन्दोलनको नाम भएको भन्दै सरकारले ल्याउने प्रेस विरोधी कानुनलाई कहिल्यै नमान्ने दावी समेत गरे।

सत्तामा पुग्ने हरेक राजनीतिक दलले प्रेसलाई कुन्ठित गर्ने तथा प्रेस स्वतन्त्रता बिरोधी कानुन ल्याउन खोज्ने गरेको भन्दै त्यसका विरुद्ध सदैव लागि रहने बताए। त्यसैगरी अध्यक्ष आचार्यले महासंघ अहिले सरकारका तिनै तहले ल्याउने प्रेस कानुका बारेमा लागि परेको भन्दै सबै तहले प्रेसमैत्री कानुन ल्याउने बिश्वास समेत व्यक्त गरे।

कार्यक्रममा पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघले थालेको आन्दोलका कारण सरकार पछि हटेको दावी गरे। सरोकारवालाहरु संग समन्वय र सहकार्य नगरी ल्याउने जस्तोसुकै कानुन आफूहरुलाई मान्य नहुने उनको भनाई छ। 

प्रकाशित: २७ श्रावण २०७६ ०९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App