२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाल–भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री ओली

काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।

प्रधानमन्त्री ओलीले सडक र रेल सेवाको विस्तार गरेर दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन नेपाल सरकार लागि परेको पनि बताए। आइतबारबाट काठमाडौंमा सुरु भएको 'नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन’ को उद्घाटन गर्दै उनले दुवै मुलुकको आर्थिक विकास र जनतासँगको सम्बन्धलाई विस्तार गर्न पनि पारवहन सहजीकरणमा जोड दिनुपर्ने पनि स्पष्ट पारे। प्रधानमन्त्री ओलीले नेपालको व्यापारको ठूलो हिस्सा भारत र भारतबाटै हुने भएकाले त्यसलाई अझै सहज ढंगले अघि बढाउनुपर्नेमा पनि जोड दिए। उनले छोटो समयमै नेपालमा सहज ढंगले सामानहरुको ढुवानी हुने गरी पारबहन सहजीकरण गर्न भारतीय पक्षबाट आवश्यक सहयोगको अपेक्षा गरिएको पनि बताए।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरीले नेपालको समृद्धिका लागि आवश्यक सबै खालको सहयोग गर्न भारत तयार रहेको बताए। दुई दिनसम्म चल्ने सम्मेलनमा दुवै देशका व्यापारी तथा वाणिज्य क्षेत्रका विज्ञहरु, सरकारी पदाधिकारीहरुले दुई मुलुकबीच हुने आयात/निर्यात सहजीकरणका विषयमा विस्तृत छलफल गर्नेछन।

प्रकाशित: १२ श्रावण २०७६ ०९:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App