१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

वार्षिक कार्ययोजना बनाउन उपसमिति

काठमाडौं– संघीय संसद, राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले वार्षिक कार्ययोजना बनाउन पनि उपसमिति गठन गर्ने भएको छ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा वार्षिक कार्ययोजना बनाउनका लागि उपसमिति गठन गर्ने निर्णय गरेको हो।

वार्षिक कार्ययोजनाका बारेमा सदस्यहरूबाट आएको सुझावका आधारमा समितिको अर्को बैठकमा उपसमिति गठन गरिने सभापति तारादेवी भट्टले जानकारी दिइन्। उनले गत वर्षका कार्ययोजनाहरूलाई प्राथमिकताका आधारमा समावेश गरिने बताइन्।

समितिले दिगो विकास लक्ष्य र प्राप्त उपलब्धिको अध्ययन, तुलना तथा अन्तर्राष्ट्रियस्तरमा भएका प्रयासलगायत विषय समावेश हुने गरी एसडिजी सफ्टवेयर कर्नर सेन्टर निर्माण गर्ने विषयमा पनि छलफल गरेको छ।

यस समितिले दिगो एवम् सन्तुलित विकास र सुशासन प्रवर्द्धन सम्बन्धमा सरकारबाट भएका काम कारबाहीको अध्ययन गर्ने गर्छ।

प्रकाशित: ६ श्रावण २०७६ १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App