१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विद्युतीय बस सञ्चालनका लागि सरकारले साझा यातायातलाई दियो ३ अर्ब

फाइल तस्बिर

काठमाडौं– सरकारले विद्युतीय बस सञ्चालनका लागि साझा यातायात प्रालिलाई ३ अर्ब दिने निर्णय गरेको छ। 

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विद्युतीय बस सञ्चालनका लागि साझा यातायातलाई ३ अर्ब रुपैयाँ शेयर लगानी गर्ने निर्णय भएको बताए। ‘३ सय थान बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत साझा यातायात सहकारी संस्था लिमिटेडलाई ३ अर्ब रुपैयाँ नेपाल सरकारको शेयर लगानीको रुपमा उपलब्ध गराउने निर्णय गरिएको छ’, उनले सुनाए।

सरकारले आफैं सञ्चालन गर्न नसक्ने भएकाले सुलभ, सस्तो र आधुनिक खालको सार्वजनिक यातायातको विकास गर्नका लागि साझा यातायातलाई शेयर लगानी गरिएको उनको भनाई छ।  

मन्त्रिपरिषद् बैठकले गैरकानुनी रुपमा नेपाल बसिरहेका ५ जना श्रीलंकन नागरिकलाई २ लाख ५० जरिवाना र ३७ हजार ३८० डलर मिनाहा गरी देशनिकाला गर्ने निर्णयसमेत गरेको छ। 

नेपाल र जर्मनीको परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी आशयपत्रमा नेपाल सरकारका तर्फबाट हस्ताक्षर गर्न परराष्ट्रलाई स्वीकृती दिइएको छ। 

प्रत्येक प्रदेशका नगर प्रमुख तथा उपप्रमुख मध्येबाट कम्तीमा ३ जना महिलासहित ७ जनालाई नगर विकास कोष सञ्चालक समितिमा सदस्य पदमा मनोनित गर्ने निर्णय गरिएको छ। 

राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए। 

प्रकाशित: २ श्रावण २०७६ १०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App