१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले भनेः पत्रकारले हैरान बनाए, धन्य छ मिसन पत्रकारिता !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफु सहभागी भएको त्रिभुवन विश्वविद्यालयको प्राज्ञसभा कार्यक्रममा ओछयाइएको रातो कार्पेट पानीले भिजेको तर त्यसलाई लिएर पनि आफूविरुद्ध संचार माध्यमले समाचार बनाएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कालो पत्रे नभएको बाटोमा हिलो भएको विषयलाई लिएर पनि समाचार बनाएको उल्लेख गर्दै मिसन पत्रकारिताले आफूलाई हैरान बनाएको बताएका हुन्।

‘आफु प्रधानमन्त्री भएको एक वर्ष भयो,’ प्रधानमन्त्री ओलीले भने ‘देशका सबै सडक कालोपत्रे गर्न सकेनछु।’ तर त्यसलाई पनि समाचार बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने ‘धन्य छ, मिसन पत्रकारिता।’

प्रधानमन्त्री ओलीले प्रदेश सरकार संघीय सरकारको मातहत रहेको पनि दोहो-याए। प्रदेश सरकारलाई स्वतन्त्र सरकारको रुपमा लिइएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्था अनुसार नै प्रदेश सरकार संघीय सरकारको मातहत रहेको बताए। उनले स्थानीय सरकार प्रदेशको मातहत रहेको पनि स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले संविधानले सुरक्षा, परराष्ट्र मामिला तथा आर्थिक अधिकारका विषय संघीय सरकार अन्तरगत संचालित हुने भनेर प्रदेश सरकारलाई संघीय सरकारकै मातहतमा राखेको पनि स्मरण गराए।

प्रकाशित: २६ असार २०७६ ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App