१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विप्लव समूहको ७ राउण्ड गोली र म्यागजिन बरामद

मकवानपुर– पूर्व–पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका १९ सान्ननीटारस्थित सडकबाट पेस्तोलमा लाग्ने ७ राउण्ड गोली र १ थान म्यागजिन फेला परेको छ। मंगलबार बिहान करिब ४ बजे अज्ञात समूह प्रहरीलाई देखेर भाग्ने क्रममा गोली र म्यागजिन झरेको हुन सक्ने अनुमान प्रहरीको छ।

चाइनिज पेस्तोलमा लाग्ने गोली भेटिएको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मुकेशकुमार सिंहले थप अनुसन्धान गरिरहेको बताए। ‘प्रहरीको गस्ती टोली देखेपछि उक्त समूह जंगलतर्फ भागेको थियो,’ उनले भने, ‘सोही स्थानमा अज्ञात समूहले सडकमा गुडिरहेको गाडीमा विष्फोटक पदार्थ प्रहार गर्ने प्रयास गरेको थियो, सोही समूहको गोली र म्यागजिन हुन सक्छ।’

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले गोली तथा म्याग्जिन फेला पारी बरामद गरेको बताउँदै प्रहरी उपरीक्षक सिहले अज्ञात समूह विप्लव कार्यकर्ता हुन सक्ने बताए। विप्लब नेतृत्वको नेकपा माओवादीको आह्वानमा भएको नेपाल बन्दलाई सफल बनाउन बन्दकर्ताहरुले  बिहानै पुर्व–पश्चिम राजमार्गमा गुडिरहेको ट्रकलाई पेट्रोल बम हान्ने प्रयास बिफल भएको थियो। ट्रकलाई लक्षित गरेर प्रहार गरिएको पेट्रोल बम गाडीबाट छलिएपछि सडकमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बन्दका क्रममा हेटौंडाका बजार र शैक्षिक संस्था अधिकांश रुपमा बन्द रहेका थिए भने सवारी साधन निर्बाध रुपमा सञ्चालन भएका थिए।

प्रकाशित: १० असार २०७६ १५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App