१६ चैत्र २०८० शुक्रबार
राजनीति

निर्मला हत्याकाण्ड : एसपी कडायत र डिएसपी ओझाविरुद्ध मुद्दा दर्ता

महेन्द्रनगर– बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त घट्नाको अनुसन्धानको क्रममा पक्राउ परेका विशाल चौधरीलाई प्रहरीले यातना दिएको भन्दै जिल्ला वकिल कार्यालयमा उजुरी परेको छ। जिल्ला प्रहरी कार्यालयमा यातना विरुद्ध मुद्दा दर्ता नभएपछि चौधरीले वकिल कार्यालयमा उजुरी दर्ता गराएका हुन्। 

विशालका बुवा वीर बहादुरले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालिन एसपी कुबेर कडायत र डिएसपी कृष्ण ओझासहित २ जना प्रहरी जवान विरुद्ध जाहेरी दिएका छन्। 

घटनाको अनुसन्धानका क्रममा १६ दिन प्रहरी हिरासतमा रहेका विशाललाई प्रहरीले अपराध कबुल गर्न धेरै यातना दिएको वीर बहादुरको आरोप छ। विशाललाई प्रहरीले मंसिर १९ गते पक्राउ गरि २० गते अनुसन्धानका लागि काठमाडौ पठाएको थियो। पक्राउ परेकै दिन प्रहरीले आंखामा कालोपट्टी बांधेर यातना दिएको विशालले बताए। 

‘मेरो आँखामा कालोपट्टी बांधेर धेरै कुटे, तेरो साथीले घटना हामीले नै गरेको हौं भनेर कबुल गरिसकेको छ, त पनि भन कसरी मा¥यौ निर्मलालाई भने,’ विशालले भने, ‘त्यसपछि काठमाडौं लगेर पनि धेरै यातना दिइयो।’ प्रहरीले गाँजा भरेको चुरोट समेत खान दिएर अपराध कबुल गर्न दवाव दिएको उनले बताए। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौमा प्रदीप रावललाई पक्राउ गरेपछि उनकै बयानका आधारमा भीमदत्त नगरपालिका १८ भगतपुरका विशाल चौधरी र अर्का आरोपित दिनेश चौधरीलाई प्रहरीले पक्राउ गरि काठमाडौं पठाएको थियो। अधिकाकर्मी सहित जिल्ला प्रहरी कार्यालय पुगेका विशाल र वीर बहादुरले बिहिबार दिउसो जाहेरी दिएका हुन्। जाहेरी दत्र्ता हुने वा दरपीठ गर्ने विषयमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञान बहादुर विष्टले बताए। डिएसपी विष्टले म्याद सकिएपछि विशालले जाहरी दर्ता गर्न आएपछि उनको मुद्दा दर्ता नभएको बताए। 

डिएसपी विष्टले भने, ‘उजुरी दर्ता गर्ने म्याद नाघेका कारण उजुरी दर्ता गर्न मिलेन, अहिले हामी कहाँ जिल्ला वकिल कार्यालयबाट सो सम्बन्धमा परिपत्र आएको छ।’ 

प्रकाशित: ९ असार २०७६ १५:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App