६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नतिजा खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं – त्रिवि सेवा आयोगद्वारा अवैधानिक रूपमा प्रकाशित नतिजा खारेजीको माग गर्दै रिले अनशनमा बसेका विद्यार्थीहरूले कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। आयोगद्वारा अवैधानिक रूपमा प्रकाशित नतिजा खारेजी गर्नुपर्ने, आयोगका भ्रष्ट पदाधिकारीहरूलाई कारबाही गर्नुपर्ने, त्रिवि सेवा आयोग नै खारेजी गर्नुपर्नेलगायत माग गर्दै वैद्य माओवादीनिकट क्रान्तिकारी विद्यार्थी संगठनले थालेको रिले अनशन बिहिबार एक महिना पुगेको छ। तर विश्वविद्यालयका पदाधिकारीहरूले मागप्रति चासो नदेखाएको भन्दै वैद्यनिकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

बिहीबार त्रिवि सेवा आयोगको मूलगेटमा रिले अनशन बसेका क्रान्तिकारी विद्यार्थी संगठनका मागप्रति सात विद्यार्थी संगठनले एक्यबद्धता जनाए। ‘बिहीबार हामीले आयोगका पदाधिकारीहरूलाई दुई दिनभित्र माग सम्बोधन नभए कडा आन्दोनमा उत्रने चेतावनी दिएका छौं,’ अध्यक्ष गजुरेलले भने। आयोगका पदाधिकारीहरूले आफ्ना नातागोताको नाम नतिजामा प्रकाशित गरेपछि विवाद सुरु भएको थियो। हाल अख्तियार दुरुपयोग आयोगले आवश्यक कागजात लगेर छानबिन गरिरहेको छ।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App