२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदूषणयुक्त दुध वितरण केन्द्र तत्काल बन्द गराउन मन्त्री खनालको निर्देशन

काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले मानव स्वास्थ्यमा हानी पु-याउने खालका सबै दुध वितरण केन्द्रमाथि कडा कार्वाही गर्न मातहतका निकायलाई कडा निर्देशन दिएका छन्। ११ औं राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खनालले काठमाडौं उपत्यकाभित्र रहेका प्रदुषणयुक्त दुध वितरण केन्द्र तत्काल बन्द गराउन पनि सम्बन्धित निकायलाई सचेत गराएका छन्।

उनले आफूले मानव स्वास्थ्यमाथि गम्भीर असर पु-याउने खालका दुध वितरण केन्द्रमा छापा मार्न निर्देशन दिएपनि सोही अनुसारको काम गर्न नसकेको भन्दै सम्बन्धित निकायप्रति असन्तुष्टि पनि व्यक्त गरे। मन्त्री खनालले शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले लिने गरी सरकारले काम गरेपनि त्यसमा कर्मचारी प्रशासनले साथ दिन नसकेको गुनासो पनि गरेका छन्।

उनले पोषणयुक्त खाद्य बस्तुको उत्पादनदेखि वितरणसम्मको कामलाई व्यवस्थित बनाउन सरकारले अभियान सञ्चालन गरेपनि पर्याप्त हुन नसकेको पनि स्वीकार गरेका छन्।

प्रकाशित: २४ जेष्ठ २०७६ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App