१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

हिंसा त्याग्ने संकल्प गरे विप्लवसँग वार्ता गर्न सरकार तयारः मन्त्री बास्काेटा

फाइल फाेटाे

काठमाडाैं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हिंसा त्याग्ने संकल्प गरे नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्न सरकार तयार हुने बताएका छन्।
सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री बास्कोटाले हिंसा जारी राखे त्यसलाई नियन्त्रण गर्ने दायित्वबाट सरकार पछि नहटने पनि स्पष्ट पारे। उनले चन्द नेतृत्वको नेकपाको हिंसात्मक गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएकाले त्यसलाई फिर्ता लिनै नसक्ने अडान समेत दोहो-याए।

मुलुकको शान्ति सुरक्षा कायम गर्न र नागरिक सुरक्षाको प्रत्याभूति गराउने दायित्व भएकाले सरकारले त्यस्ता हिंसात्मक गतिविधिलाई कडाईका साथ नियन्त्रण गर्नुको विकल्प नरहेको मन्त्री बास्कोटाको भनाई छ। सरकारले शान्तिपूर्ण राजनीतिमा आउनेलाई सधैं सम्मान गर्ने बताउँदै उनले शान्तिपूर्ण राजनीति गर्नेमाथि सम्मान गर्ने संवैधानिक व्यवस्था भएकाले सरकार सोही अनुसार अघि बढ्ने बताए।

मन्त्री बास्कोटाले सरकारको कुनै पनि राजनीतिक शक्तिलाई नियन्त्रणमा लिने चाहना, उद्देश्य र लक्ष्य नभएको पनि स्पष्ट पार्नु भयो ।

प्रकाशित: १३ जेष्ठ २०७६ १०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App