१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अझै केन्द्रको किचलो

पाँचथर- स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको दुई बर्ष पुग्न लाग्दा पनि कतिपय ठाँउमा केन्द्रको किचलो कायम छ। कतै गाँउपालिका केन्द्र त कतै वार्ड केन्द्रमा असन्तुष्टि छन्। गाँउपालिकाको केन्द्रका कारणले पछिल्लो दिनमा तनावपनि सिर्जना भएका छन्। फाल्गुनन्द  गाँउपालिकामा केन्द्रको विषयले तोडफोड तथा विरोधका कार्यक्रम समेत भएका छन्। उता हिलिहाङ गाँउपालिकामा मतदान मार्फत भएको  निर्णय कार्यान्वयन नभएको भन्दै असन्तुष्टि बढेको छ।

फाल्गुनन्द गाँउपालिकाको कार्यालयमा तोडफोड गर्दै गाँउ सभाको बैठक खाता जलाइएको छ। रातीको समयमा ढोका फोडेर निर्णयखाता जलाइएको हो। कसले जलायो भन्ने टुङ्गो छैन। रातीको समयमा कसले खाता जलायो भन्ने खुल्न नसकेको प्रमुख प्रशासकीय अधिकृत अनिल त्रिखत्रीले जानकारी दिए।

गाँउपालिमा सवैको पायक पर्ने गरी भन्दै गाँउ सभाबाट सर्वसम्मतले घुर्विसे पञ्चमीबाट केन्द्र सार्ने निर्णय गरेको थियो। पाँचथर र इलामको सीमानामा रहेको पञ्चमी बजारका व्यवसायी सहितका वासिन्दाले मंगलवार विरोध जनाएका थिाए। गाँउपालिकाको कार्यालय तालाबन्दी गर्दै उनीहरु विरोधमा उत्रिएका थिए। बजारवासी आन्दोलनमा उत्रिएपछि साझ पाँच बुदे सहमति गरेर आन्दोलन रोकिएको थियो।

याङबुङदेखि माथि कोम्बुङ भन्दा मुनी केन्द्र राख्ने निर्णय भएको थियो। बजारबासि केन्द्र सार्न नदिने पक्षमा छन्। जनप्रतिधिहरु पायकपर्ने स्थानमा केन्द्र राख्ने चाहनामा देखिन्छन्। जनप्रतिनिधहरुले धम्की समेत आउन थालेको गुनासो गरेका छन्। अझै यहाँको गाँउपालिका केन्द्रको विवाद बढ्ने देखिन्छ।

यस अघि पनि गाँउपालिका केन्द्रका विषयमा लामो समयसम्म विवादको वातावरण भएको थियो। मतदानबाट केन्द्र निर्धारण भएपनि सिफारीस गर्ने समय ढिलो भएको भन्दै कार्यान्वय हुन सकेको थिएन। अझै केन्द्रको विवाद पेचिलो बन्न सक्ने स्थानियको बुझाई छ। यो गाँउपालिका कांग्रेसले बहुमतले जितको थियो।

यता हिलिहाङ गाँउपालिको मतदानबाट चयन भएको केन्द्रमा कार्यालय भवन निर्माण गरी कार्यान्वय गर्ने तर्फ ध्यान नदिएको भन्दै स्थानीय स्तरमा असन्तुष्टि बढ्दै गएको छ। हाल केन्द्र रहेको साविकको पञ्चमी गाविस कार्यालय भएको ठाँउ र गोपेटार बजार मध्ये कहाँ केन्द्र बनाउने भनेर जनप्रतिनिधिबीच मतदान भएको थियो।

प्रकाशित: २ जेष्ठ २०७६ ०५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App