१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

यी हुन् आज सार्वजनिक मन्त्रिपरिषद् निर्णय

काठमाडाैं - २०७६ वैशाख २० गते र २३ गते बसेको मन्त्रिपरिषदको बैठकले अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीको कार्याकाल थप गरेको  छ। 

मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। यी हुन आज सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय -

१. विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट सार्वजनिकवित्तव्यवस्थापनको क्षेत्रमानीतिगत सुधारको क्रममा बजेट सहायताको रूपमाप्राप्तहुने दोस्रो कार्यक्रमगत ऋण सहायता एक सय मिलियन अमेरिकी डलर बराबरको रकम स्वीकार गर्ने निर्णय गरिएको छ ।

२. संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत पदमा अर्को व्यक्ति नियुक्त नभएसम्मका लागि वर्तमान राजदूतश्री डा. अर्जुनकुमार कार्कीको कार्यावधि थप गरिएको छ ।

३. नुवाकोटको रातमाटे, धादिङ, चितवन, तनहुँ, मकवानपुर र नवलपरासीको बर्दघाटसम्मको विभिन्न स्थानको करिब १४४० हेक्टर जग्गा ४०० के.भी. प्रशारण लाईन तथा सबस्टेशननिर्माण गर्ने प्रयोजनकालागिप्राप्तगर्ने निर्णय गरिएको छ ।

४. विद्युतनियमनआयोगको अध्यक्षपदमाश्री दिल्लीबहादुर सिंह तथा सदस्यपदमाश्री रामप्रसादधिताल, श्री रामकृष्ण खतिवडा, श्री रामेश्वरप्रसादकलवार र श्री भागीरथी भट्टराई ज्ञवालीलाई नियुक्तगर्ने निर्णय गरिएको छ ।     

५. अध्यागमन नियमावली, २०५१ को नियम ४६ बमोजिम अनुसूची ९ र अनुसूची १२ हेरफेर गरी सोको सूचना नेपाल राजपत्रमाप्रकाशनगर्ने निर्णय गरिएको छ ।

६. विभिन्न विश्वविद्यालयतथा शैक्षिक संस्थाहरूलाई पाँच वर्षका लागि एक भिसा वर्षमा तोकिएको भन्दा बढी कार्यरत नहुने गरी निःशुल्कअध्ययन भिसा कोटा उपलब्ध गराउने निर्णय गरिएको छ ।

७. विगतमा सडक विभागबाट सञ्चालनमा रहेका सम्भावित रणनीतिक सडकमा समावेश लोकसञ्चार मार्ग (जिलिङ–सिमखेत–केउरिनी–कुमरी–झ्याङ्गलेपोखरी–आचार्य पोखरी–धार्के–नुवाकोट–धादिङ) सडक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत ल्याई सञ्चालनगर्ने निर्णय गरिएको छ ।

८. हेटौडा–ढल्केबर–दुहवी ४०० के.भी. प्रसारणलाईन आयोजना (दोस्रो खण्ड) को राइट अफ वेभित्र विभिन्न सामुदायिकवनसहितको राष्ट्रिय वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका थप ८९९ वटा रुखविरुवाहरू हटाउन स्वीकृतिदिइएको छ ।

९. नेपाल र भियतनाम सरकारबीच हुने हवाइ सेवा सम्झौतामा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृतिदिइएको छ ।
 

प्रकाशित: २६ वैशाख २०७६ ११:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App