११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘धर्म निरपेक्षता’ लेखेको ब्यानर जलाउँदा घम्साघम्सी

खोटाङ– खोटाङमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘धर्म निरपेक्षता’ लेखेको ब्यानर जलाएको छ। सनातन हिन्दू राष्ट्र स्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन लगायतका २२ बुँदे मागसहित चरणबद्ध आन्दोलन गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार जिल्ला समन्वय समितिको प्रांगण अगाडि ‘धर्म निरपेक्षता’ लेखेको व्यानर जलाएको हो। 

‘धर्म निरपेक्षता’ लेखेको तीन वटा कालो व्यानरमध्ये राप्रपाका जिल्ला अध्यक्ष जीवन कुमार श्रेष्ठले ब्यानर जलाउन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले खोसेपछि राप्रपाका नेता तथा कार्यकर्ताले ‘धर्म निरपेक्षता’ लेखिएको अन्य ब्यानर जलाउन पाएनन्। ब्यानर जलाउने र जलाउन नदिने प्रहरी र राप्रपाका कार्यकर्ताबीचमा केहीबेर घम्साघम्सी चलेको थियो। जिल्ला प्रशासन कार्यालय अगाडि हुँदै मालपोत कार्यालयतर्फबाट जिल्ला समन्वय समितिको अगाडि आएर राप्रपाले ‘धर्म निरपेक्षता’ लेखेको व्यानर जलाएको हो। संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गर्दै पूर्णधार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट्र घोषणाको मागमा ‘धर्म निरपेक्षता’ जलाइएको राप्रपाका १ नम्बर प्रदेश समितिका सह–सचिव राईले बताए। 

राप्रपाले राजसंस्था सहित सबै राजनैतिक शक्ती अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न गोलमेच सम्मेलन गर्न, संघीयता बारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्न, देश टुक्र्याउन चाहने विखण्डनकारीलाई कडाईका साथ नियन्त्रण गरी राष्ट्रिय अखण्डता सुदृढ तुल्याउन लगायतका माग गर्दै आन्दोलन गरिरहेको जनाएको छ। 

प्रकाशित: ६ वैशाख २०७६ १२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App