१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सत्तारुढ विद्यार्थीले शिक्षामन्त्रीलाई बुझाए ज्ञापनपत्र

काठमाडौं– सत्तारुढ दल निकट दुई विद्यार्थी संगठनले शिक्षा क्षेत्रमा सुधारको माग गर्दै शिक्षा मन्त्रीको ध्यानाकर्षण गराएका छन्। सत्तारुढ दल नेकपाको भ्रातृ संगठन अनेरास्ववियु र अखिल (क्रान्तिकारी)ले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटेर ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्। 

विधानले निर्दिष्ट गरेको विद्यालय तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने प्रावधानलाई व्यवहारमा कार्यान्वयन गर्न शिक्षा मन्त्रीको ध्यानाकर्षण गराइएको अखिल क्रान्तिकारीका कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए। यस्तै, राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनअनुसार तत्काल संघीय शिक्षा ऐन जारी गर्नसमेत माग गरिएको बस्नेताको भनाई छ। 

सत्तारुढ विद्यार्थीहरुले शैक्षिक सत्र सुरु नहुँदै मनोमानी ढंगले चर्को शुल्कवृद्धि गरेर ब्रह्मलुट मच्चाउने विद्यालयलाई कारवाहीको माग गर्दै मापदण्डविपरीत बढाइएको शुल्क तत्काल फिर्ता गर्न माग गरेको छ। अखिल र अखिल (क्रान्तिकारी)ले भर्ना आवेदन फारम, ड्रेस , पुस्तक , टाई, पेटी, झोला आदिका नाममा गरिने अतिरिक्त व्यापारलाई तत्काल बन्द गर्नसमेत शिक्षामन्त्रीसँग माग राखेका छन्। 

शिक्षामन्त्रीलाई भेट्न पुगेका विद्यार्थी नेताहरुले गण्डकी मेडिकल कलेजलगायतका मेडिकल कलेजमा तोकिएको भन्दा बढी लिइएको शुल्क फिर्ता गराउन र सहमति कार्यान्वयनमा ध्यान दिन पनि आग्रह गरेका छन्। 

प्रकाशित: २९ चैत्र २०७५ ०८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App