४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संमायोजन नमान्ने डाक्टरलाई कारबाही गरिने

काठमाडौं – उप–प्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले कर्मचारी समायोजन नमान्ने चिकित्सकलाई नियमअनुसार कारबाही गरिने बताएका छन्। सोमबार सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन्। ‘खटाएको ठाउँमा नजाने डाक्टरलाई नियमअनुसार कारबाही हुन्छ,’ मन्त्री यादवले भने। मन्त्री यादवले कर्मचारी समायोजनको उल्लंघन गर्न नपाइने विषयलाई जोड दिँदै भने, ‘सरकारले खटाएको ठाउँमा जानुपर्छ। गाउँमा जनता बस्छन्। त्यहाँ अस्पताल छन्। उनीहरुले उपचार पाउनु पर्छ।’

सोही क्रममा मन्त्री यादवले कर्मचारी समायोजन नमान्ने चिकित्सक संघीयताविरोधी भएको बताए। ‘कमर्चारी समायोजन नमान्ने भनेका संघीयता विरोधी हुन्। संघीय प्रणाली लागू गर्ने क्रममा कुनै पनि षडयन्त्र मान्य हुँदैन,’ स्थानीय तहमा जान्न भन्ने पनि हुन्छ ?’ उनले प्रश्न गरे। विगत चार महिनादेखि चलेको सरकारी चिकित्सक संघ गोदानको मागको सम्बोधनका विषयमा सञ्चारकर्मीले मन्त्री यादवसँग प्रश्न राखेका थिए। गोदानले भने माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ।

समायोजनमाथि पुनर्विचार गर्ने भनिएपछि गोदानले आन्दोलन स्थगित गरेको थियो। माग सुनुवाइ नभएपछि आइतबारदेखि गोदानले देशव्यापी रुपमा आन्दोलन चर्काएको हो। आन्दोलनको दोस्रो दिन पनि सरकारी अस्पतालका चिकित्सकहरुले वहिरंग सेवा, नियमित शल्यक्रियाका कामहरु रोकिएका थिए। ‘आकस्मिक शल्यक्रिया र उपचारका काम भए। नयाँ बिरामीले भने जाँच्नै पाएनन्,’ वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले भने। वीर अस्पतालसहित आन्दोलनको कारण अन्य सरकारी अस्पतालका सेवाहरु सोमबार पनि प्रभावित भएका छन्।

प्रकाशित: २६ चैत्र २०७५ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App