८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारले प्रेसमाथि अंकुश लगाउन खोज्योे : देउवा

फाइल तस्बिर

कपिलवस्तु  – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकाले प्रेसमाथि अंकुश लगाउन खोजको आरोप लगाएका छन्। विभिन्न नाममा अहिलको सरकारले प्रेसमाथि हस्तक्षेप गरिरहेको भन्दै उनले स्वतन्त्र प्रेसमाथि हुने जुनसुकै हस्तक्षेपबिरुद्ध सिंगो पार्टीले सञ्चार जगतलाइ पूर्ण साथ र सहयोग गर्ने बताए।

कपिलवस्तुको विजयनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै देउवाले ‘लुट कान्छा लुट’ बोलको गित बन्द गराउनु नै राज्यले गलत गरेको बताए। ‘ सरकारले भ्रष्टाचार नगरेको भए त्यो गित चल्ने नै थिएन। कलाकारलाई दबाब दिएर गित बन्द गराउनु राज्य अधिनायकवादतर्फ जान हो,’ उनले भने। सरकारले सस्थागतरूपमा भ्रष्टाचार गरिरहेको उनको दाबी थियो।

आपूmले प्रधामन्त्रीलाई केही योजना दिएको भए पनि त्यस विषयमा कुनै प्रतिक्रया नआएको भन्दै सरकारले दुईतिहाइका दम्भ देखाएको आरोप उनले लगाए। सरकार अब सुध्रिनु आवश्यक रहेको भन्दै उनले सरकार ठिक ठाउँमा आएन भने आन्दोलन गरेर भए पनि ठिक ठाउँमा ल्याउने उनको दाबी थियो। सभापति देउवाले सबै जातजाति, भाषा र धर्मलाई मिलाएर लैजान सक्ने पार्टी नेपाली कांग्रेस मात्र रहेको भन्दै अहिले कांग्रेस जनताको मन मनमा छाएको बताए। देउवाले आफ्ना पार्टीका कार्यक्रताको घरमा खानतलासी गरी अनावश्यक दुःख दिने कसैलाई पनि पार्टीले नछोड्ने बताए। ‘भर्खरै कपिलवस्तुको शिवगढीमा आफ्ना कार्यकर्ताको घरमा प्रहरीले खानतालसी गरी दुःख दिएको छ त्यो सरासर गलत हो,’ उनले भने।

सहमहामन्त्री प्रकाशशरण महतले अहिलेको सरकारले कामभन्दा बढी प्रचारबाजी मात्र गरेको बताए। ‘कुरा गर्नेले कहिले काम गर्न सक्दैन हामी कुरा गर्दैनौ काम गर्छौ,’ महतले भने। काग्रेसका नेता दिपक गिरीले राज्यले सही ढंगबाट काम नगर्दा जनताको मुहारमा दुःख देख्नु परेको बताए। सो अवसरमा सभापति देउवा र सहमहामन्त्री महतलाई ७५ किलोका माला लगाएर सम्मानित गरिएको थियो। सोमबार तौलिहवामा पनि देउवालाई प्राचीन कपिलवस्तु महोत्सवको उद्घाटनमा १९ किलोको मालाले स्वागत गरिएको थियो। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेकाहरूलाई टीका लगाएर स्वागत गरिएको थियो।

प्रकाशित: २० चैत्र २०७५ ०१:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App