१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

‘सुशासनबाट न्यायपालिकाको रक्षा’

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले स्वतन्त्र न्यायपालिकाको सुधारमा आफू निरन्तर लागिरहेको बताएका छन् । कानुन व्यवसायी क्लब र शंकरलाल केडिया स्मृति कानुन पुरस्कार वितरण कार्यक्रममा प्रधानन्यायाधीश जबराले सुशासनबाट स्वतन्त्र न्यायपालिकाको रक्षा हुने बताए । यस पुरस्कारले न्याय क्षेत्रमा काम गर्नेलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्दै उनले न्यायपालिकाप्रति अनावश्यक टिकाटिप्पणी हुँदा आफूलाई नराम्रो लाग्ने गुनासो गरे ।

कार्यक्रममा नेपाल बार एसोसिएनका अध्यक्ष शेरबहादुर केसीले निर्दोष नागरिक पहिले थुनेर उसका कुरा सन्नुभन्दा सुनेर पछि थुन्नुपर्ने बताए । गत वर्षजस्तै यस वर्ष पनि शंकरलाल केडिया स्मृति कानुन पुरस्कार पूर्व प्रधानन्यायाधीश लगायत तीन जनालाई प्रदान गरिएको छ । वर्षभरिमा प्रकाशित उत्कृष्ट कानुन सम्बन्धी लेख, पुस्तक, रचना छनोट गरी दिइने पुरस्कार यस वर्ष दिइएको छ । शंकरलाल केडिया कानुन सम्मान पुरस्कार पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहलाई एकलाख एकहजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ ।

उत्कृष्ट पुस्तक लेखन पुरस्कार वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीलाई दिइएको छ । ज्ञवालीलाई ७५ हजार रुपैयाँ राशीसहित उनले लेखेको ‘नेपालमा संघीय शासन पुस्तक’को लागि पुरस्कार दिइएको हो । त्यसैगरी युवा कानुन पुरस्कार अधिवक्ता शरदप्रसाद कोईरालालाई ५१ हजार राशीसहित प्रदान गरिएको छ । कानुन व्यवसायी क्लब र शंकरलाल केडिया फाउन्डेशनको संयुक्त आयोजनामा १० वर्षदेखि पुरस्कार दिँदै आएको छ ।

प्रकाशित: २० फाल्गुन २०७५ ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App