५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

देशभरका स्वास्थ्य संस्थामा आकस्मिक वाहेकका सम्पूर्ण सेवा बन्द हुने

काठमाडाैं - नेपाल चिकित्सक संघले शुक्रबार देशभरका आकस्मिक वाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। विहीबार एक विज्ञप्ती जारी गर्दै संघले देशभरका सरकारी, गैरसरकारी, निजी मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो। 

डा. गोविन्द केसीको सत्याग्रहको २३ औं दिन भईसक्दा समेत नेपाल सरकारले उनकोे जीवन रक्षाका निम्ती कुनै पनि चासो व्यक्त नगरेको र आफ्नो शान्तिपूर्ण विरोधका कार्यक्रमहरुमा समेत घुसपैठ गर्दै वातावरणलाई खलल पुर्याउने  कार्य गरेको प्रति आपत्ती जनाउँदै संघले एक दिन आकस्मिक वाहेकका सम्पूर्ण  स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको हो। 'डा. केसीको स्वास्थ्यमा गम्भीर असरहरु देखिन थालेको विद्यमान अवस्थामा सरकारको यो निस्क्रिय कदमप्रति हामी मर्माहित भएका छौं।' विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: १७ माघ २०७५ १५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App