काठमाडाैँ - सरकारले परराष्ट्र सहसचिव अमृतबहादुर राईलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधिको रुपमा नियुक्त गरेको छ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई उक्त पदमा नियुक्त गरेको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नागरिक न्यूजलाई जानकारी दिए।
दुई महिनाअघि मात्र सरकारले राईलाई दक्षिण अफ्रिकाका नेपाली राजदूत पदबाट कार्यकाल नसकिदै फिर्ता बोलाएको थियो। त्यसयता राईलाई राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि नियूक्त गर्न लागिएको चर्चा भएको थियो।
प्रकाशित: २४ पुस २०७५ ०५:४३ मंगलबार