१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘सरकारकै संरक्षणमा सनातन धर्ममाथि आक्रमण’

पर्वत– नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसाँसद अर्जुनप्रसाद जोशीले सरकारकै संरक्षणमा सनातन धर्ममाथि आक्रमण भइरहेको बताएका छन्। जलजला–२ बगरफाँटस्थित सिद्धबाबा आधारभुत बिद्यालयले लगाएको महायज्ञलाई सम्बोधन गर्दै जोशीले सनातन धर्मको संरक्षण गर्नु राज्यको दायित्व र जिम्मेबारी भएपनि अहिलेको कम्युनिस्ट सरकारकै मिलेमतोमा लगातार सनातन धर्ममाथि आक्रमण भइरहेको धारणा राखे। 

‘विगतदेखि मान्दै आएको सनातन धर्मको संरक्षण गर्ने दायित्व र जिम्मेबारी सरकारको भएको संविधानमै उल्लेख छ तर यो सरकारले लगातार सनातन धर्ममाथि आक्रमण हुँदा पनि चुप बसेको छ’ जोशीले भने। जबरजस्ती धर्म परिवर्तन हुनु र सरकार नै त्यसलाई सहयोग पु¥याउने गतिविधिले आम सनातन धर्मावलम्बीलाई चिन्तित बनाएको भनाई जोशीको रहेको थियो। उनले सनातन धर्मका माध्यमबाट मुलुकका विभिन्न ठाउँमा थुपै्र विकास निर्माणका काम भएको चर्चा गरे। 

‘महायज्ञ लगाएर त्यसमा संकलन भएको दान रकमले थुप्रै सामाजिक काम भएका छन्, सिद्धबाबा आधारभुत बिद्यालयको विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरेको छु’ उनले भने। आफुले १० बर्षअघि शिलन्यास गरेर शुभारम्भ गरेको बिद्यालयको भौतिक र शैक्षिक विकासका लागि लगाएको महायज्ञ सफल हुने उनले विश्वस ब्यक्त गरे। 

सामुदायिक बिद्यालयमा राज्यको सबैभन्दा बढी लगानी भएपनि बिद्यार्थी न्युन हुँदै जानु चिन्ताको बिषय भएको भन्दै काँग्रेस नेता जोशीले शैक्षिक गुणस्तर सुधार नै पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए। जोशीले बिद्यालयको भौतिक र शैक्षिक सुधारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आफ्नो ब्यक्तिगत तर्फबाट १० हजार एक सय रुपैयाँ महायज्ञमा दान गरेका थिए।  

प्रकाशित: २३ पुस २०७५ ०६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App