१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

अदालतले न्याय दिनुपर्छ : चाैधरी

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र १ बाट प्रत्यक्ष तर्फबाट निर्वाचित सांसद रेशमलाल चौधरीको एक वर्षपछि पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संसद सचिवालयको कृषि समितिको हलमा सभामुख कृष्णबहादुर महराले बिहीबार अपराह्न चौधरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

पुर्पक्ष थुनामा रहेका कैलालीको टिकापुर घटनाका आरोपीत चौधरीलाई डिल्लीबजार स्थित कारागारबाट उनलाई अपरान्ह ३ बजे सिधै सिंहदरबार लगिएको थियो। नेपाल प्रहरीले बा १ झ ७७०७ नम्बरको प्राइभेट गाडीबाट प्रहरीको कडा सुरक्षाबीच उनलाई ल्याइएको थियो। शपथ ग्रहणपछि उनलाई पुनः डिल्लीबजारस्थित कारागारमा लगियाे। थारु जातीको पहिरनमा आएका उनले आफ्नो मातृभाषा थारु भाषामा सपथ लिएका थिए।

शपथ ग्रहणपछि महासचिव मनोहरप्रसाद भट्टराईले सांसदको ‘लोगो’ लगाइदिएका थिए। शपथ ग्रहण कार्यक्रममा मधेसवादी दलका शीर्ष नेता तथा सांसदहरु सहभागी थिए। राजपाका महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा, लगाएतका नेताहरुले उनलाई खादा ओडाएर सम्मान गरेका थिए। सपथ ग्रहण पछि उनले भने ‘सपथ ग्रहण धेरै पहिले हुनुपर्दथ्यो। उनले भने ‘माला र खादा लगाएर जेल जानुपर्छ होला, तपाइले भनिदिनु होला, मैले लगाएको ‘लोगोे’को प्रतिष्ठा कति रहन्छ।’

आफु ३४ हजार ३ सय ४१ मत प्राप्त भएर विजयी भएको भन्दै उनले भने ‘३४ हजार ३ सय ४१ मत दिन जनता के हुन, लोकतन्त्रले परिभाषा दिनुपर्दछ, जनताले गरेको न्याय न्याय हुन्छ कि हुँदैन,’ उनले भने। २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) लक्ष्मण न्यौपाने सहित ७ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो। यस घटनाका दोषी रेशम चौधरी भएको भन्दै अभियोजन पत्र दर्ता गरी उनलाई पुर्पक्षका लागि थुनामा राखिएको हो।

चौधरी कैलालीबाट निर्वाचित भए लगत्तै सरकारले पुर्पक्षका लाथि थुनामा राखेको थियो।‘मेरो देशको पकौडा मन पर्यो, यहाँको दालर्यो, भन्दै उनले भने ‘म नेपाल आए, जेलमा परें’। शपथ ग्रहण पछि चौधरीले भने ‘न्यायलयले हामीलाई न्याय दिनेछ, न्यायदिनु पर्दछ, उनले भने कैलाली घटनाको स्पष्ट छानविन हुनुपर्दछ, गहन छानविन हुनु पर्दछ, दोषी उम्किनु हुँदैन। उनले आफूले अहिलेसम्म सर्वसाधरण कैदीको जीवन विताइ रहेको बताए उनले भने ‘अहिलेसम्म सर्वसाधरण कैदीको जीवन विताइ रहेको छु, कुनै सुविधा दिएको छैन।’

उनले भने ‘टिकापुर सजिलै सामाजिक संजालमा जिस्काउने घटना होइन, यो बर्गीय घटनालाई सम्झाउने घटना हो’ उनले भने। गत भदौ ३ गते टिकापुर घटना हुँदा म वर्दियामा थिए। घटनाबारे छलफल गर्न काठमाडौ आए उनले भने। आफू कैलाली जाँदा पनि सुरक्षाकर्मी कै निगरानीमा रातभरी बसे। सुरक्षा कर्मीसँग बसेको मान्छे म कति बेला षडयन्त्र गरे, उनले भने। उनले पुर्पक्षका लागि भन्दै कानुन विपरित एकबर्ष भन्दा बढी जेलमा राखेको बताए। उनले भने ‘न्यायका लागि मिडियाले पनि सहयोग गर्नुपर्दछ।’

टिकापुर घटनामा हामीसँग पनि थारुहरुका घर जलेका तस्विरहरु छन्। एक बालकको मृत्यु भयो ती मेरा भाईको छोरा हुन्, उनले भने। उनले जेलमा रहेका अन्य साथीलाई झुठा मुद्दा लगाइएको बताए। उनीहरुलाई रिहा गर्नुपर्दछ उनले भने। उनकी धर्मपत्नी रन्जिता चौधरी पनि सपथ ग्रहण साथै आएकी थिइन्। उनले भनिन् ‘कैलाली घटानामा जो दोषी छ त्यसलाई कारबाही हासे, दोषी हैन भने न्याय दिनुहोस्।

नियमावलीविपरीत शपथ
प्रतिनिधिसभाको नियमावली २०७५ को नियम २ सय ४४ विपरित संसद सदस्यमा निर्वाचित रेशम चौधरीलाई सपथ गराइएको छ। प्रचलित कानून बमोजिम तीन बर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मिुक्ति प्राप्त हुनेछैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक सेवा र सुविधा स्थगित हुने व्यवस्था छ। तीन वर्ष भन्दा बढीको सजायका लागि अभियोजन दर्ता भई पुर्पक्षमा रहेको व्यक्ति थुनामा रहँदा उनसलाई सांसदको लोगो दिएपछि त्यो नियमावली विपरित छ। चाैधरीलार्इ नियमावली विपरित शपथ गराइएकाे एक सांसदले बताए।

प्रकाशित: २० पुस २०७५ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App