२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

‘निर्मला हत्याको अनुसन्धानबारे पारदर्शी होऊ’

काठमाडौं – विवेकशील साझा पार्टीले निर्मला पन्त बलात्कारपछि हत्या घटनामा प्रहरीले पारदर्शिताको मूल्य मान्यतालाई अबलम्बन गर्न र आम नागरिकले विश्वास गर्न सक्ने प्रक्रिया अपनाउन नसकेको आरोप लगाएको छ।

उसले मंगलबार विज्ञप्ति जारी गर्दै पारदर्शी रूपमा काम नगरेकोले निर्मलाको शरीरबाट लिइएको नमूना तथा त्यसलाई शंकास्पद व्यक्तिको डिएनएसँग परीक्षण गरिएको कामको प्रामाणीकताको विषयमा पनि प्रश्न उठ्नु खेदजनक विषय भएको दाबी गरेको हो।

‘यी कामहरूमा निष्पक्षरूपमा अनुसन्धान भएको देखाउन आवश्यक परे प्रहरीसँग असम्बन्धित तेस्रो पक्षको प्रयोगशालामा जाँच गर्नुपर्छ,’ साझाले भनेको छ, ‘अनुसन्धानलाई नकारात्मक असर नपर्नेगरी नियमितरूपमा (हप्ता–हप्ता) अनुसन्धानको बारेमा सम्बन्धित निकायबाट सार्वजनिकरूपमा आम नागरिकको पहुँच हुनेगरी जानकारी गराउन पनि प्रहरीको काममा जनविश्वास जगाउनको लागि अति आवश्यक रहेको देखिन्छ।’

प्रकाशित: १२ मंसिर २०७५ ०१:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App