११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकार पूर्ण रुपमा असफल : कमल थापा

पत्रकार सम्मेलनमा कमल थापा लगायत नेताहरु। तश्विर : गिरिराज/नागरिक

पाँचथर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आठ महिनाको सरकारकोे कार्यसमिक्षा गर्दा पूर्ण रुपमा असफल भएको बताएका छन्। आइतबार बिहान पाँचथर सदरमुकाम फिदिममा आयोजित पत्रकारसम्मेलनमा बोल्दै थापाले उक्त कुरा बताएका हुन्।

मुलुकमा शान्तिसुरक्षा कायम गर्ने, भ्रष्टाचार नियान्त्रण गर्ने, विकासलाई गति दिने काम गर्न नसकेकाले वर्तमान दुईतिहाई बहुमत प्राप्त सरकार पूर्ण रुपमा असफल भएको राप्रपाको ठम्याई भएको उनले बताए। ‘जनताको अपेक्षा अनुरुप राजनीतिक स्थिरता कायम गरेर विकास निर्माणको कामले गति लिन्छ होला भन्ने अपेक्षा  थियो, त्यो हुन सकेन, नेको त्यो हुन सकेन’, उनले भने, ‘निमर्ला पन्तको बलात्कार र हत्या, हुँदा पनि सरकारले दोषि पत्ता लगाउन सकेको छैन। बरु अपराधिलाई उन्मुक्ति दिने तर्फ जिम्मेवार पदाधिकारीनै रहेको पुष्टि भएको छ। काठमाण्डौंमा पूर्व  राजदुतको हत्या भयो। देशभरी अपराधका घटना बढिरहेका छन्। यसले देशको शान्ति सुरक्षाबारे चिन्ता बढाएको छ।’

नीतिगत र संस्थागत रुपमा व्यापाक भ्रष्टाचार भइरहेको आरोप अध्यक्ष थापाको आरोप छ। देशको अर्थतन्त्र विगतको तुलनामा कमजोर हुँदै गएपनि सरकारको ध्यान तेता नपुगेको उनको भनाई छ। ‘प्राय सबै क्षेत्रमा सरकारको उपस्थीति दरबिलो छैन। विखण्डकारी शक्तिहरु क्रियाशिल भइरहेका छन्’, थापाले थपे ‘नेपालको राष्ट्रिय राजनीतिमा वाह्य चलखेल बढिरहेको छ। सरकारको पराष्ट्र नीति सन्तुलित हुन सकेन। नेपाल अन्तराष्ट्रिय शक्तिहरुको रणनीति प्रतिस्पर्धा स्थल बन्ने खतरा बढेको छ।’

धर्म परिवर्तनले सामाजिक सद्भाव र एकता खलवलाउने प्रयास भइरहेको थापाको आरोप छ। जनताले परिवर्तनको अनुभूति गर्न नपाउनु दुर्भाग्य भएको उनको टिप्पणी छ। आफ्नो पार्टीमा आन्तरीक समस्या नभएको समेत थापाले दावी गरेका छन्। थापाले समान विचार भएका दलहरुसँग एकता गरेर अघि बढ्ने  समेत बताए।

प्रकाशित: १८ कार्तिक २०७५ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App